
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त गरेका छन्।
नेपाल विद्युत प्राधिकरणको प्रमुक कार्यकारी प्रमुख हुँदा कुलमान घिसिङलाई सहयोग गरेकै कारण राज्यमन्त्री तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।
विद्युत महशुल उठाउने घिसिङको अडानलाई मन्त्री तामाङले सहयोग गरेका थिए । सरकारले घिसिङलाई हटाएपछि तामाङले विरोध जनाएका थिए ।