आज :

वाईसीएलको राष्ट्रिय सम्मेलन जेठ १७-१९ मा

  • अनलाइन डबली

काठमाडौं । योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ १७ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुने भएको छ ।

नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाईसिएलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी तेस्रो राष्ट्रिय सम्मेलनबारे जानकारी गराइएको हो ।

राष्ट्रिय सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा पार्टी अध्यक्ष प्रचण्डले उदघाटन गर्नेछन् ।

त्यसैगरी, प्रदेश सम्मेलनहरु जेठ ५ गतेसम्म गरि सक्ने, जसअन्तर्गत बागमतीको वैशाख १७ र १८ गते काठमाडौंमा, विशेष प्रदेशको वैशाख १९ गते काठमाडौंमा, गण्डकीको वैशाख २० र २१ गते पोखरामा, सुदुरपश्चिमको बैशाख २३ र २४ गते धनगढीमा, कोशी प्रदेशको वैशाख २६ र २७ गते, कर्णालीको २९ र ३० गते सुर्खेतमा, लुम्बिनीको जेठ १ र २ गते दाङमा र मधेशको जेठ ४ र ५ गते हुनेछ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वाईसीएल अध्यक्ष सुवोधराज सेर्पालीले भने, ‘स्थानीय तहका चार यसभन्दा बढी सम्मेलन हामीले सम्पन्न गरिसकेका छौं । यही १७ गतेदेखि प्रदेश सम्मेलन सुरु हुने र जेठको ५ गतेसम्म सबै प्रदेशका सम्मेलनहरु सम्पन्न सक्दैछौं ।’

जेठको १७ गते उद्घाटन शत्र सुरु गर्ने र त्यसै दिन विधान सत्र सुरु गर्ने, विधान पारित गर्ने, १८ र १९ गते बन्दशत्र गरेर समापन गर्ने गरी सम्मेलनको कार्ययोजना बनाइएको  छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal