
काठमाडौँ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने सरकारले तयारी गरेको छ । संसदमा नीति तथा कार्यक्रम पेश गर्ने सरकारले तयारी गरेसँगै सभामुख देवराज घिमिरेले बुधवार प्रमुख सचेतकहरूसँग गरेको छलफल गरेका छन् ।
सभामुखले सचेतकहरुसँग वैशाख १९ गतेको प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने गरी संसद्को क्यालेन्डर निर्माण गर्ने सहमति जुटाएका हुन् । योसँगै अब सरकारले सोही मितिमा आगामी आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम पेश गर्ने भएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार वैशाख १९ गते नीति तथा कार्यक्रम संसदमा पेस गर्ने गरी तयारी गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही बैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गरिसकेका छन् ।