
काठमाडाैँ । संखुवासभा जिल्ला मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल नेकपा एमाले परित्याग गरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् ।
पोख्रेललाई पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष प्रचण्डले पार्टीमा प्रवेश गराउँदै स्वागत गरेका छन् ।
पूर्वअध्यक्ष पोख्रेलको आगमनले माओवादी केन्द्रलाई संखुवासभा क्षेत्रमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ। पार्टीमा स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति थियो ।