आज : २०८२ बैशाख, १५

जोशी रिसर्च इन्ष्टिच्यूटबाट जोशी र राजवंशी सम्मानित हुने

  • अनलाइन डबली
  • २०८२ बैशाख ०३ गते   बिहान ०८:२३ बजे

बैशाख ३ , ललितपुर ।

२०३८ सालदेखि संस्थागत रुपमा नेपाली संस्कृति र ईतिहासको खोजी, लेखन तथा प्रकाशनमा निरन्तर रुपले लाग्दै आउनुभएका सक्रिय संस्कृति शिरोमणी हरि राम जोशीज्यूको नेतृत्वमा संचालित जोशी रिसर्च ईन्ष्टिच्युट जोशी रिसर्च ईन्ष्टिच्युट, लगनखेलद्वारा “कदम पुरस्कार २०८१ ” तथा “हरि राम जोशी संस्कृति पुरस्कार २०८१” यस पटक क्रमश: हिटी प्रणाली लेखक. डा. पद्म सुन्दर जोशी र अभिलेखविद, डा. श्याम सुन्दर राजवंशीलाई प्रदान गर्ने भएको छ ।

 

देशमा रहेर साहित्य, संचार, साहसिक कार्य लगायत बिविध बिधामा बिशिष्ट योगदान वा उपलब्धि हासिल गरेकाहरूको सम्मानमा “कदम पुस्कार” तथा ईतिहास, संस्कृति अध्ययन अनुसन्धानमा निरन्तरता दिएकाहरुको सम्मानमा “हरि राम जोशी संस्कृति पुरस्कार” प्रदान गर्दै आएको छ ‌। दुबै २५,०००/- (पच्चीस हजार) नगद राशीसहितको सो पुरस्कार कार्यक्रम बैशाख ४ गते बिहिवारका दिन पाटन संग्रहालयमा सम्पन्न हुने ईन्ष्टिच्युटले जनाएको छ ।

ईन्ष्टिच्युटद्वारा संस्कृति शिरोमणी जोशीका सहयात्री अर्धाङ्गिनी स्व. कदम बाबा जोशीको स्मृतिमा स्थापित “कदम पुरस्कार” बिगतमा साहसी पर्वतारोही कल्पना महर्जन, सारदा श्रेष्ठ, प्रा. डा. पुरुषोत्तम लोचन श्रेष्ठलाई प्रदान गरिएको थियो । त्यस्तै यस अघिका वर्षहरुमा “हर राम जोशी संस्कृति पुरस्कार” ईतिहासविद नयनाथ पौडेल, साहित्यकार एवं जनमत पत्रिकाका सम्पादक मोहन दुवाललाई प्रदान गरिएको थियो ।

नेपालभाषा एकेडेमीका चान्सलर डा. मल्ल के. सुन्दरज्युको प्रमुख आतिथ्यतामा दिऊँसो २ बजे हुने र  कार्यक्रममा संस्कृतिप्रेमी लगायत सबैमा सहभागिताकोलागि  आयोजक जोशीले सबैमा अनुरोध समेत गरेको  छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal