
जिब्रो छेड्ने नगरको नाउँले प्रख्यात ऐतिहासिक बस्ती मध्यपुर बोडेमा जिब्रो छेड्ने पर्व मनाइदै छ । महालक्ष्मी देवीले सपनामा दिएको आदेशमुताविक ने.सं. ६३२ मा बसाइएको बोडे देश स्थापनाका सम्बन्धमा अनेक अलौकिक आख्यान जडिएका छन्। ती आख्यान भनाइअनुसार, हाल नीलवाराही जंगलको तलतिर शंखकोट नाउँको बस्ती थियो । जहां हाल पनि इनार, पाटी, ढुंगेधारालगायतका भग्नावशेष बाँकी नै छन्, तर बस्ती उठिसकेको छ । भनिन्छ, जंगलछेउको बस्तीमा जंगली जनावर, भूतप्रेत आदिले दुःख दिन थालेपछि मान्छे बस्नै नसक्ने स्थितिमा पुगेछन् । दिनदहाडै जनावरले र रातिराति भूतप्रेतले मान्छे मार्ने गर्न थालेपछि स्थानीय बासिन्दाले शंखकोट छाडी खेतको बीचमा बस्ती बसालेछन् ।
‘वें’ भन्नाले खेत र ‘दे’ भन्नाले बस्ती वा देश हो। खेतको बीचमा बसाइएको हुँदा उक्त नयाँ बस्तीलाई बुदे अर्थात् बोडे भनिएको कुरा नीलवाराहीको दाहिने पाटीनेर ने. सं. ९५७ को शिलापत्रबाट पनि स्पष्ट हुन्छ । शंखकोट छाडी बोडे वस्ती बसाई सर्दासमेत भूतप्रेत, ख्याकले दुःख दिन नछाडेपछि पीडित बोडेवासीले देवपत्तन पशुपतिका प्रख्यात तान्त्रिक कर्माचार्यका छोरा भीमदत्तसमक्ष कुरा पुऱ्याएछन् भीमदत्तको पालो बोडेवासीलाई एक महिनासम्म खेतमा काम गर्न नजाने उर्दी लगाई चारैतिर तारणा छाडिदिएछन् । एकदिन मनोहरा नदीको किनारैकिनार बोडे पसेका पिचास तारणमा फंसेछन् केरकार गर्दा आफू नीलवाराहीको दाहिने ख्याक भएको बताउँदै सक्कली स्वरूप देखाउँदा लाम जिंग्रिङ्ग सुइगेजस्तो कपाल, रातो लामो मोटो जिब्रो, ठूल्ठूला आँखा, डरलाग्दो स्वरूप देखेर स्थानीय बासिन्दा भागाभाग गर्न थालेछन् तर भीमदत्तको आदेशमा तारणले बाँधिएका ख्याकको कपाल काटिदिने, लुगा फुकाली जबर्जस्ती जिब्रोमा सियोले घोचेर सजाय दिएछन्।
ख्याक भागेर जाला भनी खुट्टामा घुंगरू, महादीप काठको गजुङ्गो भारी बोकाई देश परिक्रमा गराएछन् । बेइज्जत र वेदना सहन नसकी ख्याकले अब उप्रान्त कसैलाई कुनै कुरामा पनि दुःख नदिने र बरू बोडेवासीसामु प्रत्येक वा सात दिनसम्म जिब्रो छेड्न आउने प्रतिवद्धता व्यक्त गरेछन् । साथै बोडेवासीलाई रोग, अनिकाल् अनावृष्टि, अतिवृष्टि, महाभूकम्पजस्तो प्राकृतिक प्रकोप नपर्ने र बाहिरबाट बोडेमा बस्न आउनेला पनि एकछाक खान कहिल्यै दुःख नहुने स्थितिको सिर्जना गरिदिने बाचा गरेछन्। यसरी बाचा गरा छाडिदिएपछि तान्त्रिक भीमदत्तलाई सपनामा नीलवाराही रिसाउदै भनिछन्- तिमीले मेरो ख्यान संगिनीलाई अपमान गयौ, म तिमीलाई बाँकी राख्नेछैन । सपनाको प्रकोप नपरोस् भनी हालसम् भीमदत्त (भिन्दवा) श्रेष्ठका वंशजले जिब्रो छेड्नुअघि नीलवाराहीमा क्षगापूजा जाने र महालक्ष् देवस्थल महापूजा लगाउने प्रचलन छँदैछ ।