काठमाडौं, वैशाख १ गते । नेपाल स्वास्थ्य शिक्षा संघको केन्द्रीय अध्यक्षमा प्राडा कमल गौतम निर्वाचित हुनुभएको छ ।
ललितपुरको धोवीघाटमा भएको संघको १७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उहाँको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।
कार्यसमितिमा निवर्तमान अध्यक्ष प्राडा भिमसेन देवकोटा, डा. कल्पना ज्ञवाली, डा. भगवान अर्याल, डा. यदुराम उप्रेती, तोयानाथ पहाडी, भगवती शर्मा र अनुप अधिकारी चयन हुनुभएको छ ।
यस्तै, प्रदेश प्रतिनिधि सदस्यको रुपमा कोशी प्रदेशबाट खेमकुमार भुर्तेल, मधेश प्रदेशबाट अनिल मण्डल, बागमती प्रदेशबाट सुरक्षा रेग्मी सापकोटा, गण्डकी प्रदेशबाट रमेश थापा, लुम्बिनी प्रदेशबाट खिमानन्द भण्डारी, कर्णाली प्रदेशबाट डा. बेलपत्र नाथ योगी र सुदुरपश्चिम प्रदेशबाट माला भण्डारी सर्वसम्मत रुपमा चयन भएको संघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै, स्वास्थ्य शिक्षा अनुसन्धान र नवप्रर्वतन अभिवृद्धि विषयमा भएको दुईदिने अन्र्तराष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ ।
सम्मेलनमा नेपाल, भारत, बेलायत, अमेरिकालगायतका स्वास्थ्य शिक्षाका विज्ञहरुले ३० वटा भन्दा कार्यपत्र र पोष्टर प्रस्तुत गरेका थिए ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली





