आज :

एमालेबाट निर्वाचित वडा अध्यक्षले पार्टी परित्यागको घोषणा किन गरे ?

  • अनलाइन डबली

सिरहा । सिरहामा शनिबार राति सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेश सकिएसँगै एकजना निर्वाचित वडा अध्यक्षले असन्तुष्टि पोख्दै एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।

सिरहाको गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष तथा नगर प्रवक्ता समेत रहेका संजीव लामाले आजकै मितिबाट एमाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको घोषणा गरेका हुन ।

पार्टी प्रती असन्तुष्टि पोख्दै वडा अध्यक्ष लामाले आफ्नो फेसबुक स्टाटसमा वडाध्यक्ष तथा अन्य सबै जिम्मेवारी सहित एमाले पार्टीको साधारण सद्स्य समेत नरहने घोषणा गरेका छन् ।

फेसबुक स्टाटसमा वडाध्यक्ष लामाले पार्टी परित्याग गरेको निर्णयको कारण भने खुलाइएको छैन । तर ,शनिबार सम्पन्न एमालेको ११ औं जिल्ला अधिवेशनमा एमाले नेता तथा मधेश प्रदेश इञ्चार्ज लिलानाथ श्रेष्ठले पार्टिमा हैकमवादी चलाएको र पार्टीको बिधान विपरीत कनिष्ठहरुलाइ जिल्ला सदस्यमा समावेश गरिको वडा अध्यक्षले जनाएको छ। उनले भने, ´सिरहामा एमाले पार्टी भित्र नातावाद हावी भएको देखिएकोले आफुले राजिनामा दिएको हो। आफू कुनै नेताको दासानुदास बनेर बस्न नसक्ने भन्दै राजिनामा दिएको र यो कुनैपनी हालतमा फिर्ता नलिने बताए।´

लीलानाथ श्रेष्ठ मधेश प्रदेश इञ्चार्ज भएदेखि कार्यकर्ता दबाउने र नातावाद प्रवृत्ति हावीप्रती कार्यकर्ताहरु असन्तुष्ट रहेको देखिन्छ ।

– मुकेश कुमार यादव

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal