काठमाडौँ। हत्या पश्चात साधुको भेषमा लुकीछिपी बसेका अपराधि १७ बर्ष पछी पक्राउ गरेको छ। नेपाल प्रहरी केन्द्रिय अनुसन्धान ब्युरोले आइतबार पर्साको बिरगंज बात सर्वस्व सहित जन्म कैद ठहर भएका लोकनाथ साह तेलीलाइ पक्राउ गरेको हो।
सर्बोच्च अदालतले २०६४ /०१ /२५ मा पर्सा जिल्ला बहुअर्वाभाठा गा बि स बडा न- ५ बस्ने ढोडा मुखिया बिनलाई जग्गा सम्बन्धि विवादको बिषयमा छलफल गर्न भनि बोलाइ गोलि प्रहार गरि हत्या गरि फरार रहेका थिए।
प्रहरीको अनुसन्धान पछी फरार रहेका साह भारतको चम्पारण पिपरिया स्थित रामजानकी मन्दिरमा पुजारीको भेषमा १० बर्ष देखि साधुको भेषमा लुकिछिपी रहेको खुल्न आएको छ।
प्रहरीले पक्राउ परेका साह तेलीलाई फैसला कार्यान्वयनका लागि मंगलबार पर्सा जिल्ला अदालतमा पेश गरेको छ।


अनलाइन डबली


