आज :

बार चुनावः काँग्रेस-एमालेको गठबन्धन अगाडि, मिश्रले मतान्तर बढाउँदै, यज्ञमणि दोब्बर मतले पछाडि

  • अनलाइन डबली

काठमाडौं । नेपाल बार एशोसिएसनको मत गणना जारी छ । नयाँ नेतृत्वका लागि भएको निर्वाचनको सोमबारबाट मतगणना सुरु भएको थियो । हिजो साँझ स्थगित मतगणना विहानबाट पुनः सुरु गरिएको हो ।

सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनले अग्रता कायमै राखेको छ । सुरुमा नेकपा माओवादी केन्द्र निकट कानुन व्यवसायी रमन कुमार श्रेष्ठले तीन मतले अग्रता लिएका थिए । त्यसलगत्तै गठबन्धनका उम्मेदवार डा. विजय मिश्र नेतृत्वको प्यानलले अग्रता लिएको थियो ।

यो समाचार तयार पार्दासम्म मिश्रले मतान्तर बढाउँदै लगेका छन् । त्यस्तै, महासचिवका उम्मेदवार केदार प्रसाद कोइराला पनि रास्वपा निकट वकिल यज्ञमणि न्यौपानेले पछाडि परेका छन् ।

पछिल्लो परिणामअनुसार मिश्रले ९३० मत पाउँदा श्रेष्ठले ६१० मत पाएको मत गणनास्थलमा रहेका एक वकिलले जानकारी दिए ।

त्यसैगरी अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।

महासचिव पदमा मिश्र प्यानलका केदार प्रसाद कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार ४५६ मत पाएका छन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal