
काठमाडौँ । नेवाः पत्रकार राष्ट्रिय दबूले यस वर्ष ६ जना पत्रकारलाई विभिन्न पत्रकारिता पुरस्कार प्रदान गर्ने भएको छ। पत्रकार राष्ट्रिय दबूको भोलि शनिबार मध्यपुर ठिमीमा हुने १३ औं साधारण सभामा एक समारोहकाबीच सो पुरस्कार प्रदान गर्न लागिएको हो । पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठका अनुसार वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी स्मृति पत्रकारिता पुरस्कार मेट्रोएफएमका वरिष्ठ पत्रकार जुजुमान महर्जनलाई प्रदान गरिने भएको छ।सो पुरस्कारको नगद राशि १० हजार रुपैयाँ रहेको छ । त्यसैगरी नेपालका पहिलो त्रिपिटकाचार्य एवं २००१ मा तत्कालीन प्रधानमन्त्री जुद्ध शम्शेरले निकाला गर्नुभएका आठ भिक्षु मध्ये एक भिक्षु कुमारकाश्यप महास्थविरको नाउँमा भिक्षु कौण्डन्यले स्थापना गर्नुभएको भिक्षु कुमारकाश्यप स्मृति पत्रकारिता पुरस्कार पत्रकार नेपाल मण्डल टेलिभिजनमा क्रियाशील ्रामराजा बज्राचार्यलाई प्रदान गरिने छ।यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ ।
यसै गरि ललितपुर जिल्लामा पहिलो अपांगमैत्री भवन बनाउने कार्यको अग्रसरता लिनुभएका समाजसेवी मोतिशान्ति शाक्यले आफ्नी आमा र बाबुको नाउँमा स्थापना गर्नुभएको ज्ञानदेवी– मणी पत्रकारिता स्मृति पत्रकारिता पुरस्कार नेवाःएचडी टेलिभिजनका वरिष्ठ पत्रकार नवीन जोशीलाई प्रदान गरिने छ। यस पुरस्कारको नगद राशि २० हजार रुपैयाँ रहेको छ । देवशोभा कंसाकारद्वारा स्थापित ज्ञानज्योति – लक्ष्मीप्रभा स्मृति पत्रकारिता पुरस्कार भक्तपुरको जनसञ्चार मिडियाका सु्रेश सैंजुलाई प्रदान गरिएको थियो।यो पत्रकारिता पुरस्कारको राशि २० हजार रुपैयाँ रहेको छ । त्यसैगरी ललितपुरका समाजसेवी एवं व्यवसायी बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार काठमाडौंका फोटोपत्रकार मनोजरत्न शाहीलाई प्रदान गरिने छ। यस पुरस्कारको नगर राशि १० हजार रुपैयाँ रहेको छ ।
विजयराम कर्माचार्यद्वारा स्थापित श्रीरामस्मृति पत्रकारिता पुरस्कार चितवनका पत्रकार निशा श्रेष्ठलाई प्रदान गरिने छ । पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष्ँ समेत रहेका पुरस्कार छनौट समितिका संयोजक सुनील महर्जनले पत्रकारिता क्रियाशील, नेपाल भाषाको माध्यम पत्रकारिता, पत्रकारितामा संस्कृति, सम्पदा, समावेशीकरण, आदिवासी जनजातिको सवालमा पत्रकारिता मार्फत पु¥याएको योगदान, लैङ्गिक समावेशी, भौगोलिक र लगायत पक्षलाई आधारका रुपमा पुरस्कारका लागि ती पत्रकारहरुको नामावली सिफारिश गरेको हो।