आज :

‘द्रौपदी’ हेरेपछि नारी शसक्तिकरणका लागि रगत उम्लनसक्छ : ऋषिराज आचार्य

  • आकांक्षा धामी

 महाभारतमा जसरी द्रौपदी नभइ महाभारत बन्दैन वा अपुरो हुन्छ र त्यसैगरी नेपाली मौलिक चलचित्र ‘द्रौपदी’को नाम लिइएन भने मौलिक चलचित्र भन्ने शब्द नै अपुरो हुन्छ जस्तो लाग्छ । किनकी मौलिक चलचित्र दर्शकहरुले खोजिरहेका छन् । दर्शकको रुची पूरा गर्न सोही अनुसारको कथावस्तुसँग मेल खाने पात्र चयन गरेका हौं । ऋषिराज आचार्य, निर्देशक–‘द्रौपदी’

 

चलचित्र द्रौपदीको कुरा गर्दा हाम्रो दिमागमा फ्याट महाभारतको पात्रको झल्को आउँछ । महाभारतमा द्रौपदी भन्ने पात्र यदी नहुने हो भने त्यो महाभारत नै हुदैनथ्यो । महाभारत नै बन्दैन थियो कि जस्तो लाग्छ । अथवा त्यहाँ जुन किसिमका घटनाक्रमहरु छन् त्यो हुन्थ्यो कि हुँदैनथ्यो भन्ने हो । अपूरो नै हुन्थ्यो होला जस्तो लाग्छ । तर आज यही ओजनदार नामसँग हाम्रो कन्टेन्ट मिल्न गयो । फिल्मको कन्टेन्टमा पात्र द्रौपदी नै चाहिने भयो । महाभारतको द्रौपदी जो हुनुहुन्छ उहाँ पात्रको नाम फिल्ममा राखेको हुँ । तर यो फिल्म धार्मिक चाहीं होइन् ।

द्रौपदी पात्र नभइ फिल्म अपुरो हुने ठानेर यस्तो नाम राखिएको हो । महाभारतमा जसरी द्रौपदी नभइकन महाभारत बन्दैन र त्यस्तैगरी नेपाली मौलिक चलचित्रमा द्रौपदीको नाम लिइएन भने मौलिक चलचित्र भन्ने शब्द नै पूरा हुँदैन भन्ने लाग्यो । किनकी मौलिक चलचित्र दर्शकहरुले खोजिरहेका छन् । दर्शकको रुची पूरा गर्न सोही अनुसारको कथावस्तुसँग मेल खाने पात्र चयन गरिएको हो ।

द्रौपदीको कन्टेन्टमा नै कस्तो देखिन्छ भने हरेक पात्रहरु वास्तविक देखिनुपर्ने हुन्छ । कुनै चलचित्रमा अभिनय गरिसकेका चर्चित नायक नायिकालाई राखिंदा उहाँ नै होइन कि भन्ने दिमागमा आउथ्यो । तर द्रौपदीभित्र यस्ता पात्रहरु राख्नपर्ने भयो कि कर्णालीको जनजीवनसँग जोडिएका वास्तविकता आभाष गराउने तरिकाले नयाँ राख्नुपर्ने भयो । तर चुनौती के थियो भने नयाँले कस्तो गर्न सक्लान, पात्र कस्तो भेटिएला भनेर अडिसन नै राखेको थियौं । त्यहाँ करिब तीन  सय ७९ जना कलाकारले अडिसन दिनुभएको थियो । अडिसनका तर्फबाट छनौंट गरेका हौ ।

म अभिनयको टिचर पनि हुँ ।  अडिसनमा केही मेरै विद्यार्थीहरु पनि हुनुहुन्थ्यो । छनोट गरिसकेपछि पनि लामो समयसम्म वर्कसप गराएर अनि कर्णाली पुग्नुभन्दा  एकहप्ता अगाडि पुगेर त्यहाँको जनजीवन एवम संस्कृति बुझ्ने काम गरेका थियौं । त्यहाँ हामीले लेखेको स्क्रिप्ट र उहाँहरुले भोग्न परेको कुरा एउटै छ कि छैन भनेर बुझ्ने कोशिस गरेका थियौं । महत्वपूर्ण कुरा भाषाको थियो । कलाकारलाई स्क्रिप्टबारे बुझाइरहँदा त्यहाँ पहिला घुलमिल गराएका थियौं । रियल देखाउनको लागि नयाँ कलाकार छनोट गरिएको र धेरै मेहेनत गर्नुपरेको छ ।

यो फिल्मले सिने क्षेत्रलाई नौलो सन्देश त दिने भइगयो त्यो भन्दापनि समाजलाई राम्रो सन्देश दिने प्रयास गरेका छौं । फिल्ममा हाम्रै वनपाखा, गाउँ, समाज, हाम्रै घरमा पनि कति धेरै कथा छन् । कथा लिनको लागि बाहिर जानै पर्दैन । विदेशको कुरा गर्दा साउथ फिल्महरु कति चलेका छन् । कोरियन फिल्मको भाषा बुझ्दैनौं तर सबटाइटलमा समेत हेरिरहेका छौं । जहाँ चलेको छ त्यहाँ उनीहरुले आफ्नो कल्चर देखाइरहेको छन् । त्यसैले नेपालमा पनि आफ्नो संस्कृति देखाउन सकियो भने सुन्दर देश पनि सँगै देखाउन पाइन्छ । आफ्नै देश सबैले देखेका छैनन् । तर फिल्ममार्फत देश बुझ्न र देख्न सक्नुपर्छ भन्ने हो ।

नेपाल सुन्दरताको धनी देश हो है भनेर विदेशमा पनि चिनाउन सकिन्छ । मौलिक कन्टेन्ट खोजौं भने नेपाली चलचित्रका लागि राम्रो सन्देश पनि प्रवाह गर्न सकिन्छ । र अर्को कुरा भनेको द्रौपदी समाजको लागि चाँही नारी शसक्तिकरणको कथा पनि हो । यसमा कोही हिरो छैन् । कुनै पात्र खोजेर आउने फिल्म नै होइन । द्रौपदीमा कन्टेन्टलाई नै हिरो मानेका छौं ।

मैंले यसअघि धेरै चलचित्र बनाएको छु । कुनैले एकदम राम्रो व्यापार गरेका छन् । कुनैले विदेशमा अवार्ड पनि पाएका छन् । र द्रौपदी पनि विश्वका केही फेस्टिभलहरुका पठाइसकेका छौं । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा छनोट भएको छ । नेपालबाट द्रौपदी भनेर समाचारहरु आइरहेका छन् । त्यो भनेको त नेपाली चलचित्रभित्र मौलिकपन के छ खोज्ने रहेछन नि । उनीहरुलाई नयाँ लाग्ने वित्तिकै यस्तो पनि हुन्छ र भन्ने लागेर नै छनोट गर्ने रहेछ नि ।

फिल्म बनाउने क्रममा नेपालका लागि मात्रै होइन विश्वव्यापीकरण गर्नुपर्छ भन्ने सोच राख्नुपर्छ । विदेशीहरुले पनि हाम्रो सिनेमा हेर्छन्, सवटाइटल राखिदिएका हुन्छौं । हाम्रो सिनेमा हेर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय स्तरमा जाओस भनेर देखाउन खोजेका पनि हौं ।

द्रौपदीका कथाबस्तु, परिवेश र पात्रहरु महाभारतसँग केही मिल्छ होला । धेरैले काठमाडौंमा बसेर नेपालको बारेमा कथा लेख्ने गरेको वा कल्पना गरेको सुन्छौं । तर त्यो असम्भव छ । काठमाडौं मात्र नेपाल होइन । हामी कुना कन्तरासम्म पनि पुग्नुपर्छ ।  त्यहाँको दुःख पीडामात्र छैन सुन्दरतापनि छ । नेपाली नारीहरुले यतिधेरै पीडा भोग्न परेको छ नि त्यो सोच्दा र सुन्दा पनि आँसु आउँछ । द्रौपदी हेर्दा कति दर्शकलाई पीडा महशुस हुन्छ होला । जति दुःख पीडा भएपनि नारीले सहरी क्षेत्रमा सुख पाएको मात्र देखाइन्छ । हामीले देखेको पनि त्यही हो । तर यस्ता विकट क्षेत्रहरु छन् जहाँ नारी पीडामा छटपटिरहेका छन् । द्रौपदी हेरेपछि नारी शसक्तिकरणका लागि रगत उम्लनसक्छ । त्यसैले हरेक नारीले यो छुटाउनै हुँदैन । यसमा द्रौपदीले गर्नुभएको दुःख र महशुस गरेको केही चाहीं पक्कै मेल खान्छ ।

मेरा लागि द्रौपदी ठूलो पर्दाको छैठौं सिनेमा हो । मैंले टेलीफिल्मबाट करियर सुरु गरेको हुँ । ‘आफन्त’, ‘यात्रा जिन्दगी’को भन्ने सिरियल एकदमै चर्चित भए । मैंले अभिनय गरेको चाँही यो पहिलो चलचित्र हो । यसमा आफैंले गरेको अभिनयले मात्र न्याय गर्छजस्तो लाग्यो । चार वर्ष अध्ययन गरेर बनाएको चलचित्र भएकाले राम्रो सफलता मिल्छ भन्ने अपेक्षा गरेको छु ।

केही समय अगाडिसम्म नेपाली चलचित्रको अवस्था राम्रो थिएन तर पछिल्लो समय मौलिक नेपाली चलचित्रलाई दर्शकहरुले धेरै नै माया गर्नु भएको छ । हामीले नकरात्मक पक्ष होइन सकरात्मक पक्षतिर अलि बढी हेर्नुपर्छ । मौलिक नेपाली चलचित्र दर्शकहरुले खोज्जु भएकाले द्रौपदी फिल्म चल्ने कुरामा एकदमै ढुक्क छु । ट्रेलर र टिजरलाई जसरी मन पराउनु भएको छ, त्यो हिसाबले एकदमै राम्रो चल्छ जस्तो लागेको छ ।

यसको साथै ‘कर्णाली काटौंला’ भन्ने गीतले राम्रो चर्चा पाइरहेको छ । सोही गीतलाई लिएर कन्सर्ट गर्न र द्रौपदी पनि शो गर्न भनेर विदेशबाट निम्ता गरिसक्नुभएको छ । यसले थप उत्साहित गराएको छ । फिल्ममा रहेका पात्रहरु कर्णालीकै मौलिक हुनभन्ने भान पर्नेगरी मेहेनत गरेका छौं ।

‘द्रौपदी’ बच्चादेखि वृद्धसम्म सबैले हेर्न मिल्ने चलचित्र बनेको छ । युनिभर्सल प्रमाणपत्र पाएको छ । यो सबै तह, वर्गका परिवारसहित बसेर आनन्दले हेर्न मिल्ने फिल्म बनेको छ । वृद्धाहरुलाई हामीले देखेको भोगेको कुराहरु देखाउनु भएछ भन्ने जस्तो लाग्ने, अहिलेका पुस्ताहरुले यस्तो पनि हुन्छ र भन्नेजस्तो लाग्ने, धन्य यस्तो भोग्नु परेन भन्नेखालको फिल्म बनेको छ ।

विदेशमा पनि चलाउने प्रयास पनि भइरहेको छ । चलचित्र यति धेरै बनिरहेका छन् कि सबै चलचित्र सँगै चलाउन सम्भव नहुने रहेछ । नेपालमा रिलिज भएपछि विदेशका पनि धेरै ठाँउमा लाग्छ नै । अमेरिका, अष्ट्रेलिय र युरोपमा रिलिज गर्छौं ।  जापानमा भने निश्चित भइसकेको छ ।

वास्तवमा यतिबेला नेपाली चलचित्रको भविष्य एकदमै राम्रोपनि देखिरहेको छु । कुनै समय यति धेरै पढेर पनि फिल्म क्षेत्रमा किन लाग्या भनेर निरुत्साहित गर्नु भएको थियो । फिल्ममा लाग्न पनि पढ्नुपर्छ भनेर पनि भन्ने गर्नुहुन्थ्यो तर अहिले सोच परिवर्तन हुँदै गएको छ । दर्शकहरुले मेरो टेलीसिरियलहरु जसरी माया गर्नु भएको थियो त्यसरी नै द्रौपदीलाई पनि माया गर्नुहुन्छ भन्ने विश्वास लिएको छु । (चलचित्र ‘द्रौपदी’का निर्देशक ऋषिराज आचार्यसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal