आज :

मध्यपूर्व अशान्त बनाउने ट्रम्पको योजना, यमनमा अमेरिकी सेनाको हवाई हमलामा ५३ जनाको मृत्यु

  • अनलाइन डबली

काठमाडौँ । मध्यपूर्वमा अशान्त बनाउने अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे निर्देशनमा यमनमा भिषण हवाइ हमला गरिएकाे छ । हुथी विद्रोहीलाइ कमजाेर बनाउने भन्दै अमेरिकी सेनाले गरेकाे हमलामा परी ५३ जनाभन्दा बढीकाे मृत्यु भएकाे छ ।

अमेरिकाले हुथी विद्रोहीहरूलाई सैन्य र व्यावसायिक जहाजहरूमा आक्रमण गर्नबाट रोक्न भन्दै विश्वको सबैभन्दा व्यस्त ढुवानी करिडोरहरू मध्ये एकमा हवाई आक्रमण सुरु गरेको हो ।

बिबिसीका अनुसार अमेरिकी आक्रमणमा ज्यान गुमाउनेमा महिला र बालबालिका रहेका छन् । आक्रमणबाट हुथीहरूको मुख्य गढ मानिने साना र सादा जस्ता क्षेत्रहरूमा पनि मानिसहरू घाइते भएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आक्रमण हुथी विद्रोहीहरूले अब त्यसो गर्ने क्षमता नराखेसम्म जारी रहने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले हुथीहरूले आफ्नो आक्रमण बन्द गरेनन् र इरानलाई जिम्मेवार ठहर गरेनन् भने अमेरिकाले ‘अत्यधिक घातक शक्ति’ प्रयोग गर्ने बताएका छन् ।

हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय ढुवानीलाई बारम्बार निशाना बनाउने गरेका छन् । हालै उनीहरुले दुईवटा जहाज पनि डुबाइदिएका छन् । हुथी विद्रोहीहरूले यसलाई प्यालेस्टाइनसँगको ऐक्यबद्धताको प्रदर्शनको रूपमा आफुहरुले यी आक्रमण गरेको बताउदै आएका छन् ।

अमेरिकाले हाल शुरु गरेको हुथी विद्रोहीहरू विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण हो । अमेरिकी अधिकारीहरूले यस आक्रमणमा धेरै हुथी नेताहरूलाई निशाना बनाइएको बताएका छन् । यसैबीच, हुथी विद्रोहीहरूले अमेरिकी आक्रमणको जवाफ दिने धम्की दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal