
कालिकोट । कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका-६ विकास र सामाजिक सुधारका हिसाबले उदाहरणीय बन्दै गएको छ। वडाध्यक्ष नहकुल सन्ज्यालको नेतृत्वमा यहाँ उल्लेखनीय परिवर्तनहरू भएका छन्। यातायात सुविधा सुधारदेखि शैक्षिक संस्थाको स्तरोन्नति, सिंचाइ प्रणालीको विस्तारदेखि पर्यटन पूर्वाधार निर्माणसम्मका कामहरू अघि बढाइएका छन्।
वडाभित्रको भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा कार्यालयको नयाँ भवन निर्माण गरिएको छ। विद्यालयहरूमा भवन, कम्पाउन्ड र खेलमैदानको व्यवस्था गरिएको छ भने, जनचेतना बहुमुखी क्याम्पस र पञ्चदेवल उच्च माविको खेलमैदान समेत स्तरोन्नति गरिएको छ। गोरेटो बाटाहरूको निर्माण तथा मर्मत कार्यले आवतजावत सहज बनाएको छ।
सामाजिक सुधारको क्षेत्रमा पनि वडाले महत्त्वपूर्ण कामहरू अघि बढाएको छ। जातीय विभेद, घरेलु हिंसा, बालविवाह तथा छाउपडी प्रथाजस्ता कुरीतिहरू हटाउन सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको छ। विभिन्न टोल विकास संस्थाहरू पुनर्गठन गरिएका छन् भने आमा समूहहरूलाई सक्रिय बनाइएको छ। पूर्ण साक्षरता कार्यक्रम र सरसफाइ अभियान सञ्चालन गर्दै वडालाई शिक्षित र सफा बनाउने लक्ष्य राखिएको छ।
यस वडामा भएका उल्लेखनीय परिवर्तनहरू स्थानीय बासिन्दाका लागि प्रेरणादायी बनेका छन्। वडाध्यक्ष सन्ज्यालले विकास र सामाजिक रुपान्तरणको यो गति अझ तीव्र बनाइने प्रतिबद्धता व्यक्त गरेका छन्।
वडाध्यक्ष सन्ज्यालको पहलमा भएका विकास निर्माणका महत्वपूर्ण कार्यहरू बुदागत रूपमा निम्नानुसार छन् ।
१) यातायात: सान्नीत्रिवेणी गाउँपालिकालाई यातायात सुविधा जोड्ने पहल। सान्नीत्रिवेणि गाउँपालिकाको वडा नम्बर ६ काप्रिखोलाको ३ सय मिटर चट्टान फोडेर मुम्रा देखी पालिका जोड्ने सडक निर्माण
सार्वजनिक पूर्वाधार:
वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माण।
बिरुवादेखि घुघान्यासम्म पक्की गोरेटो बाटो निर्माण।
बडरुखा आधारभूत विद्यालयको भवन तथा कम्पाउन्ड निर्माण।
जनचेतना बहुमुखी क्याम्पसको भवन तथा खेलमैदान निर्माण।
पञ्चदेवल उच्च माविको खेलमैदान घेरबार।
वडाभित्रका सबै गोरेटो बाटोहरूको सुधार।
खाडडिल सिचाइ कुलो निर्माण।
धानमेला खानेपानी प्रणाली मर्मत तथा सम्भार।
वडाका सबै बालशिक्षा केन्द्रहरूमा ट्वाइलेट, भवन र खेलमैदानको व्यवस्था।
त्रिवेणीपाटनमा पर्यटन पूर्वाधार निर्माणका लागि पहल।
सामाजिक सुधारका पहलहरू:
टोल विकास संस्था पुनर्गठन गरी समुदायको सहभागिता बढाउने कार्य।
बन समितिहरूको सक्रियता वृद्धि गर्दै वन संरक्षण तथा व्यवस्थापन।
आमा समूहको गठन तथा सशक्तिकरण गर्दै महिला सहभागिता बढाउने।
जातीय विभेद, लैङ्गिक हिंसा, घरेलु हिंसा तथा बालविवाह न्यूनीकरण का लागि सचेतनामूलक कार्यक्रम सञ्चालन।
छाउपडी, बोक्सी प्रथा जस्ता कुप्रथामाथि हस्तक्षेप गर्दै समुदायमा सचेतना।
पूर्ण साक्षरता कार्यक्रम तथा सरसफाइ अभियान सञ्चालन गरी वडालाई सफा र शिक्षित बनाउने लक्ष्य।