आज :

“हिजो अधिकारका लागि लड्यौं, आज संघीयता जोगाउन लड्दैछौं” – प्रथम मुख्यमन्त्री शाही

  • अनलाइन डबली

देविराम देवकोटा
मेहलमुडी – माओवादी केन्द्रका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाहीले संघीयता कार्यान्वयन नै अहिलेको मुख्य एजेन्डा भएको बताएका छन्। नेकपा (माओवादी केन्द्र) सान्नीत्रिवेणि गाउँपालिकाको बैठक तथा प्रशिक्षणलाई सम्बोधन गर्दै उनले हिजोको लडाइँ अधिकार प्राप्तिका लागि भए पनि अबको संघर्ष संघीयतालाई बलियो बनाउनका लागि रहेको स्पष्ट पारे।

उनले भने, “संविधानले दिएको अधिकार प्राप्त भइसकेको छ, तर यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन। अहिले संघीयतालाई असफल पार्ने षड्यन्त्र भइरहेको छ। कांग्रेस–एमालेलाई यो व्यवस्था मन परेको छैन, त्यसैले उनीहरू मिलेर संघीयतालाई कमजोर बनाउने प्रयास गरिरहेका छन्।”

शाहीले माओवादी सरकारमा हुँदा सुशासनका लागि उठाइएको कदमकै कारण आफूहरू सरकारबाट बाहिरिनुपरेको आरोप लगाए। उनले भुटानी शरणार्थी प्रकरण, सुनकाण्ड, गिरिबन्धु प्रकरणलगायतका अनियमिततामा संलग्न व्यक्तिहरूलाई कारबाही गर्न खोज्दा माओवादीलाई सरकारबाट हटाइएको दाबी गरे।

आर्थिक समृद्धि र आत्मनिर्भरता प्राथमिकता

शाहीले अबको महाधिवेशनले माओवादी पार्टीको विचार सस्लेषण गर्ने बताए। “अब हाम्रो ध्यान विकास, सुशासन र आत्मनिर्भर अर्थतन्त्रतर्फ हुनुपर्छ। सडक जहाँतहीँ खन्ने होइन, आवश्यक पूर्वाधारमा मात्रै लगानी गर्नुपर्छ। पहिरो बढ्ने गरी माटो धेरै चलाउनु हुँदैन,” उनले भने।

उनले आत्मनिर्भर अर्थतन्त्रका लागि कृषि र पशुपालनलाई प्रवर्द्धन गर्न कार्यकर्तालाई आग्रह गरे। “अब पार्टीका कार्यकर्ताले आत्मनिर्भर बन्ने बाटो रोज्नुपर्छ। कृषि, पशुपालन, उत्पादनमुखी क्षेत्रलाई बढावा दिनुपर्छ।”

मुख्यमन्त्री हुँदा पाँच घण्टा मात्रै सुत्थे 

आफ्नो मुख्यमन्त्री कार्यकाललाई सम्झँदै शाहीले कर्णाली प्रदेशमा महत्वपूर्ण पूर्वाधार विकास गरेको दाबी गरे। “मैले पाँच घण्टाभन्दा बढी सुत्ने समय पाइनँ। त्यसैले कर्णालीमा रंगशाला बन्यो, सबै पालिकामा सडक पुग्यो। मलाई एअरपोर्ट बनाउन दिइएको भए, अहिले कर्णालीमा रात्रिकालीन विमानस्थल बन्थ्यो,” उनले भने।

उनले आफ्नो कार्यकालमा बजेटको सही सदुपयोग भएको उल्लेख गर्दै अन्य मुख्यमन्त्रीहरू गुमनाम रहेको टिप्पणी गरे। “म मुख्यमन्त्री हुँदा प्रत्येक नगरपालिकामा गएर समस्या बुझेँ। अहिले सरकार जनताको पीरमर्का बुझ्ने अवस्थामा छैन। पार्टीलाई बलियो बनाउन सबै कार्यकर्ता लाग्नुपर्छ,” उनले जोड दिए।

पार्टी निर्माणमा सक्रिय हुन कार्यकर्तालाई आह्वान

कार्यक्रमको अन्त्यमा शाहीले पार्टी निर्माणमा सक्रिय हुन कार्यकर्तालाई आह्वान गरे। “मिहिनेत गर्नुस्, मिटिङ गर्नुस्, राम्रो समाचार बनाउनुहोस्। अबको राजनीति विचार र सुशासनको हुनेछ,” उनले भने।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal