
काठमाडौँ । अमेरिकाले रूसका गाेप्य सुचना युक्रेनसँग दिन पनि बन्द गरेको छ । सैन्य सहयोग रोकेको केही दिनभित्रै ट्रम्प प्रशासनले गुप्तचर सुचना पनि रोकेको हो ।
अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले युक्रेनसँग गुप्तचर जानकारी साझा गर्न बन्द गरेको पुष्टि गरेका छन् । अमेरिकाले युक्रेनलाई गोप्य सूचना सूचना प्रदान गरेकै कारण ड्रोनलगायतका महलामा युक्रेनी फौजले सफलता प्राप्त गर्दै आएको थियो । वाल्ट्जले पत्रकारहरूसँग भने,‘हामी एक कदम पछि हटेका छौं । ट्रम्प प्रशासनले युक्रेनसँगको सम्बन्धका सबै पक्षहरूमा विचार गरिरहेको छ ।’
अमेरिकी सेनाले रुसी सेनाका गोप्य गतिविधिबारे युक्रेनी फौजलाई उपलब्ध गराउँदै आएको थियो । जसका कारण स्थल तथा हवाई हमलामा निकै ठुलो सहयोग भइरहेको थियो । रुसी सेनाले युक्रेनमा सैन्य कारवाही सुरु गरेदेखि नै गोप्य सुचना उपलब्ध गराउँदै आएको थियो ।
अमेरिकाले गोप्य सुचना रोक लगाएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप तनावमा परेका छन् ।
यसैबीच, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अर्को हप्ता पेरिसमा युरोपेली सेना प्रमुखहरूको बैठक बोलाएका छन् । साथै उनले फ्रान्स अमेरिकी सहयोग बिना अगाडि बढ्न तयार हुनुपर्ने बताएका छन् ।