आज :

पत्रकार ईश्वरराज ढकाललाई ‘लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता सम्मान २०८१’

  • धनन्जय बुढा

काठमाडौं । लोयल्टी एकेडेमीले ‘लोयल्टी शैक्षिक राष्ट्रिय पत्रकारिता सम्मान २०८१ बाट पत्रकार ईश्वरराज ढकाललाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा भएको लोयल्टी विद्यालयको ‘१९औं वार्षिक उत्सव तथा अभिभावक दिवस’को अवसरमा पत्रकार ढकाललाई वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको हातबाट सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री शाहीले अनवरत आफ्नो क्षेत्रबाट देशलाई योगदान गर्ने पत्रकार ढकाललाई लोयल्टीले सम्मान गरेकोमा धन्यबाद व्यक्त गरे । शाहीले ढकाल जस्तैः पत्रकारहरुलाई राज्यस्तरबाट पनि हौसला दिनुपर्नेसमेत बताए ।

सो विद्यालयका संस्थापक अध्यक्ष विजय सम्बाहाम्फेले विगत लामो समयदेखि शैक्षिक क्षेत्रमा कलम चलाएर सामाज रुपान्तरणमा योगदान गर्ने सञ्चारकर्मीलाई लोयल्टीले सम्मान गर्ने प्रचलन अनुसार यस वर्ष नेपाल समाचार पत्रका उप– सम्पादक समेत रहेका ढकाललाई सम्मान गरेको बताए ।

अध्यक्ष सम्बाहाम्फेले सम्मानित भएका ढकालले आफ्नो योगदानलाई थप प्रभावकारी बनाउने विश्वास लिएको बताए । विद्यालयका प्रिन्सिपल विरेन्द्र कुरुम्बाङले पत्रकारिता क्षेत्रबाट लामो समयदेखि शिक्षा बीटमा कलम चलाएर नेपाली समाजलाई सकारात्मक दिशामा लाग्न योगदान गरेकोले आफूहरुले यस वर्ष ढकाललाई सम्मान गरेको बताए ।

सो विद्यालयका प्लस टु संयोजक इन्द्रप्रसाद गौतमले ढकाल जतिको व्यक्तिलाई लोयल्टीले सम्मान गर्न पाउँदा निकै खुसि भएको र सम्मानले न्याय पाएको पनि बताए ।

बागमती प्रदेशको हेटौंडा उप–महानगरपालिका–४ हुप्रचौर स्थायी बसोवास भएका माता सावित्री ढकाल तथा पिता शिवराज शर्मा ढकालका कान्छा सुपुत्रको रुपमा वि.सं.२०३१ चैत्र ४ गते जन्मेका पत्रकार ढकाल हाल ललितपुर उप–पमहानगरपालिका –१८ सैबुमा स्थायीरुपले वसोवास गर्छन् । कामना न्यूज पब्लिकेसन प्रालिका शिक्षा ब्युरो प्रमुख रहेका ढकाल सो संस्थामा २०६० सालदेखि निरन्तर शिक्षा क्षेत्रमा कलम चलाउँदै एका छन् । यसरी २ दशकदेखि शिक्षा क्षेत्रमा कलमा कलम चलाउँदै आएका ढकालले यसअघि पनि दर्जनौं विभिन्न पुरस्कार तथा सम्मानहरुबाट सम्मानित हुँदै आएका छन् ।

सम्मानपछि ढकालले आयोजक लोयल्टी एकेडेमीले आफूलाई साम्मान योग्य ठानेर हौसला दिएकोमा धन्यबाद दिदै शिक्षा क्षेत्रमा चलाउँदै आएको आफ्नो कलम थप दिर्बिलो बनाएर चलाउने प्रयास गर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal