आज :

विद्यार्थीले सुरु देखिनै राजनीतिमा लाग्नुपर्छ : अध्यक्ष राउत

  • अनलाइन डबली

जनकपुर । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले विद्यार्थीहरुलाई विद्यार्थीकाल देखिनै राजनीतिमा लाग्न आग्रह गरेका छन् । उनले राजनीतिप्रतिको चासोविहीनता र नियन्त्रण अभावमा शासित हुनुपर्ने अवस्था आएको भन्दै विद्यार्थीलाई राजनीतिमा कुनै न कुनै तवरले आवद्ध हुन सुझाव दिएका हुन् ।

विद्यार्थी जनमत संघ धनुषाद्वरा जनकपुरधाममा आयोजित स्ववियु निर्वाचन प्रशिक्षण कार्यक्रममा अध्यक्ष राउतले राजनीतिप्रति चासो लिने, राजनीतिलाई नियन्त्रित र निर्धारण गर्ने व्यक्तिले शासन गरिरहने भएकाले राजनीतिलाई समय बिताउने तथा अंशकालीन बनाउने रुचिबाट उब्रिन विद्यार्थीहरूलाई आग्रह गरे। उनले राजनीतिमा चासो लिनैपर्ने र नलिई बस्न नसकिने हुँदा राजनीतिमाथि नियन्त्रण गरी जित हासिल गर्नेतर्फ लाग्नुपर्ने बताए ।

उनले भने, ‘यो मस्तिष्कबाट हटाउनुस् कि राजनीति भनेको समय बिताउने काम हो । मन नलागी गर्नेजस्तो अंशकालीन राजनीति गर्ने पनि होइन । अलिकता देखिहाल्छु, सुनिहाल्छु भनेर हुँदैन । पूरा दिलबाट लाग्नुस् । अनि जित हासिल हुन्छ । अब्बल मानिस राजनीतिमा लाग्दा मात्र कमसल मानिसको बहिर्गमन हुन्छ ।’

अध्यक्ष राउतले राजनीतिले नै सबैथोक निर्धारण गर्ने भएकाले यसमा बहानाबाजीको ठाउँ नरहने औंल्याए । उनले अखाडामा उत्रिने पहलमानले पिठ्युमा गिट्टीढुङ्गाले घोचेर, चिप्लिएर, अभ्यास नपुगेर वा भोकभोकै आएकाले जित्न नसकेको भन्नुको कुनै अर्थ नरहेको भन्दै त्यहाँ हार्नु भनेको हार्नु र जित्नु भनेको जित्नु रहेकाले चित्त बुझाउने भाषाको प्रयोग गर्न नपर्ने अवस्थामा पुग्नुपर्ने उल्लेख गरे ।

उनले चुनावमा समेत एक भोटले वा हजार भोटले जित्नु भनेको जित नै भएकाले नयाँ संगठन, चुनावमा पहिलोपटकको सहभागिता र अनुभवको कमी आदि निहुँ बनाएर जितबाट पन्छिन नमिल्ने भन्दै कुनै हालतमा जित्नुपर्छ भन्ने एकमात्र विकल्प राखेर रणनीति, कार्यक्रम र त्यसअनुसारको मिहिनेत गर्न विद्यार्थीलाई सुझाए ।

उनले भने, ‘हामी नयाँ छौँ । अखिल र नेविसंघ पूराना छन् । तिनीहरूसँग कसरी सक्ने भन्ने मानसिकता त्याग्नुस् । तिनीहरू पुराना भएर पनि केही गर्न नसकेको र तिनीहरूलाई हेरिसकिएको अवस्थामा पुराना भएको स्थितिलाई नस्वीकार्नुस् । आफ्ना दृष्टि, गर्नुपर्ने कामका विवरण र विकृति सुधारका योजना नयाँ प्रविधिसमेतको प्रयोग गरी प्रसार गर्नुस् । नयाँ हुनुको फाइदा हामीसँग छ । नयाँ मोबाइल पुरानाभन्दा उन्नत हुन्छ ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal