
काठमाडौं। नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको छ भने, डिजेल र मट्टितेलको मूल्यमा ४ रुपैयाँ घटाएको हो ।
नयाँ मुल्य आज राति १२ बजेदेखि लागू हुने छ l अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोश्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेश्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्नेछ ।
त्यस्तै, डिजेल र मट्टितेल पहिलो वर्गका क्षेत्रमा १५३.५० रुपैयाँ, दोश्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेश्रो वर्गका स्थानमा १५६ रुपैयाँ पर्नेछ ।
निगमकाअनुसार पहिलो वर्गअन्तर्गत चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेता रहेका छन् ।