
हुम्ला जिल्लामा केही ढिलो गरी शुरु हुने एचपीभी खोपको ३ हजार ७ सय ८० भाइल खोप हुम्ला पुगेको छ । यो कार्यक्रम फागुन १८ गतेबाट हुम्लाका ६ गापाका शुरु हुनेछ भने नाम्खा गापामा अलिपछि शुरु हुने भएको छ ।
पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रयोग हुने ह्युमन प्यापीलोमा भाइरस (एचपीभी) खोपका लागि उक्त खोप हुम्लामा आइपुगेको छ । हिमाली जिल्ला हुम्लामा हाल विद्यालयहरु बन्द भएका कारण फागुन १८ गतेबाट शुरु भएको हो । यो जिल्लामा फागुन २ गते विद्यालय सञ्चालन हुने भएका छन् ।
नयाँ शैक्षिक सत्र शुरु भएपछि १० देखि १४ वर्ष उमेर समुहका किशोरीहरुलाई निःशुल्क यो खोप दिइने भएको छ ।
हुम्लाका ७ स्थानीय तहको ९९ स्थानमा खोप केन्द्र सञ्चालन गरिने जानकारी स्वास्थ्य कार्यालय हुम्लाका प्रमुख डा प्रतिक्षा भारतीले दिनुभएको छ ।
यस जिल्लाको ६ पालिकामा फागुन १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिने भए पनि नाम्खा गापामा २०८२ को वैशाख ७ गतेसम्म उक्त खोप लगाइने भएको छ ।