आज : २०८१ फाल्गुन, २३

चिनियाँ प्रविधिसँग डराएको अमेरिकाः संसदमा डीपसीक प्रयोगमा प्रतिबन्ध

  • अनलाइन डबली
  • २०८१ माघ १९ गते   ०३:५८ बजे

काठमाडाैँ । अमेरिकी संसद र कंग्रेसले आफ्नो कार्यालयमा चीनको आर्टिफिसियल इन्टेलिजेन्स एआई च्याटबट डिपसिकको प्रयोगमा प्रतिबन्ध लगाएको छ।

एक्सियोसको रिपोर्टका अनुसार अमेरिकी कंग्रेसले यस सम्बन्धमा एक सूचना जारी गर्दै प्रणालीमा खतरनाक सफ्टवेयर अपलोड गर्न धेरै च्याटबट प्रयोग भइरहेको जनाएको छ ।  यसले डिपसिकबाट हुने सम्बन्धित जोखिमहरू पनि बताएको छ । अमेरिकी कांग्रेसले एआई प्रविधिको द्रुत विकासका कारण सुरक्षा र प्रशासनिक चुनौतीहरूको सामना गरिरहेको बताएको छ।

यसैबीच कांग्रेसका प्रमुख प्रशासकीय अधिकृतले अहिले डिपसीकमाथि अनुसन्धान भइरहेको बताए । यस कारणले यो अमेरिकी कांग्रेस कार्यालयहरूमा प्रयोग गर्न सकिँदैन।

कुनै पनि सम्भावित खतरालाई सम्बोधन गर्न डीपसीकको प्रयोगलाई सदनद्वारा जारी गरिएका सबै उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ। साथै, कर्मचारीहरूलाई आधिकारिक फोन, कम्प्युटर र ट्याब्लेटमा डिपसिक डाउनलोडमासमेत प्रतिबन्ध लगाइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal