आज :

अमेरिकामा अर्काे विमान दुर्घटना, सवार सबैकाे मृत्यु भएकाे आशंका

  • अनलाइन डबली

काठमाडाैँ । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स (विमान) दुर्घटना भएको छ । दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। उनीहरुको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन् । उनीहरु मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए।

लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको र स्थानीय समयानुसार साँझ ६ः३० बजेतिर दुर्घटनाग्रस्त एफएएले विज्ञप्तिमार्फत जनाएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन् ।

घटनापछि आपतकालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए । विमानले उक्त क्षेत्रका धेरै भवनहरू र कारहरूलाई ठक्कर दिएको थियो ।

गत बुधबार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकप्टर आकासमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal