आज :

६ महिनामा हुम्लामा १ अर्ब ३३ करोड ८३ लाखभन्दा धेरै बजेट खर्च, सेवा प्रवाह शुन्य

  • कर्णबहादुर रोकाया

हुम्ला । आव २०८१/०८२ को ६ महिनामा हुम्ला जिल्लाका २१ संघीय र ७ गाउँपालिकामा चालु तथा पूँजीगत दुबै शिर्षकको बजेट १ अर्ब ३३ करोड ८३ लाख ८६ हजार ७७८ रुपैँया ४१ पैसा खर्च भएको छ । जबकी हुम्लाका लागि पहिलो ६ महिनालाई आइडल अर्थात निस्क्रिय समय मान्ने गरिएको छ ।

हुम्लामा संघीय सरकारतर्फका २१ कार्यालयहरुमा जिल्ला अदालत, जिल्ला निर्वाचन कार्यालय, निर्वाचक अधिकृत सर्केगाड गाउँपालिका, जिल्ला सरकारी वकिलको कार्यालय, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, कोलेनिका हुम्ला, यारी नाका भन्सार कार्यालय, परियोजना कार्यान्वयन इकाई (स्याउ जोन), कारागार, अध्यागमन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं. ४४, इलाका प्रशासन कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला मालपोत कार्यालय, नापी कार्यालय, हिल्छा सिमकोट आयोजना, बराशदल गुल्म, शिक्षा विकास तथा समन्वय इकाई, जिल्ला हुलाक कार्यालय, जिल्ला समन्वय समितिको कार्यालय रहेका छन् ।

यसैगरी अदानचुली, खार्पुनाथ, चंखेली, ताँजाकोट, नाम्खा, सर्केगाड र सिमकोट सात गाउँपालिका गरी २८ कार्यालयहरुको आव २०८१÷०८२ को साउनदेखि पुस मसान्तसम्म चालु तथा पूँजीगत बजेटको खर्च विवरण उल्लेख गरिएको छ ।

यो अवधिमा २८ कार्यालयहरुको चालु खर्च १ अर्ब १८ करोड ३३ लाख ३४ हजार ४८० रुपैँया ९४ पैंशा भएको देखिन्छ भने पूँजीगततर्फ १५ करोड ५० लाख ५२ हजार २९७ रुपैँया ४७ पैंशा खर्च भएको देखिन्छ । यो आइडल अर्थात् निस्क्रिय समयमा कार्यालयहरुका कार्यालय प्रमुख, लेखपाल, जिम्मेवार अधिकृत तथा अन्य कर्मचारीहरु तालिम, लोक सेवा अध्ययन, भ्रमण तथा अन्य विभिन्न वहानामा चिसो छल्न वर्षौदेखि कात्र्तिकदेखि चैत्रसम्म शहर पस्ने प्रवृत्तिलाई जिम्मेवार निकायले पटक पटक प्रयास गर्दा पनि कम गर्न सकेको छैन । यसैले पनि चालु तथा पूँजीगत दुबै शिर्षकको बजेटको धेरै रकम पेश्की लिएर जाने चलन पनि व्यापक रुपमा देखिएको छ ।

यो माथिको रकम पनि यसै अन्तर्गतको खर्चलाई मान्न सकिन्छ । जबकी ६ महिनामा सवा अर्बभन्दा धेरै खर्च भएको बजेटलाई स्थानीय नागरिकलाई सेवा प्रवाहसँग जोड्दा प्रत्येक कार्यालयहरुमा निमित्त सीमित्त र अझ सीमित्तको पनि सीमित्तहरुलाई कार्यालय खोल्ने र बन्द गर्ने देखिन्छ ।

यो खर्च संघीय कार्यालयहरु तथा सात गापामा संघीय सरकारबाट आउने चालु तथा पूँजीगत दुबै शिर्षकतर्फको बजेट हो । यसमा प्रादेशिक कार्यालय र बजेट समावेश गरिएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal