काठमाडौं । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को केन्द्रीय उपाध्यक्ष पदको लागि दोलखाका रोशन खड्काले उम्मेदवारी दिएका छन् । क्रान्तिकारीको केन्द्रीय समितिको २३ औँ राष्ट्रिय सम्मेलनमा उपाध्यक्ष पदका लागि खड्का शक्तिशाली उम्मेदवार हुन् ।
वर्गीय निष्ठा,बैचारिक स्पष्टता र संगठनात्मक कौशलतामा अब्बल नेता खड्का उपाध्यक्ष पदमा उम्मेद्वारी दर्ता गर्दै सबै प्रतिनिधीहरुलाई भोट हालेर विजयी गराउन अपिल गरेका हुन । उपाध्यक्षका उम्मेद्वार धेरै भए पनि अन्तिमसम्म खड्का नै साझा उम्मेद्वार हुने विशवास उनले लिएका छन् ।
उनले असमान शिक्षाको अन्त्य गर्ने र शैक्षिक माफियाविरुद्धको निर्णायक लडाइँ लड्ने अठोटसहित उम्मेदवारी दिएको बताएका छन् । ३२ वर्षे उमेरहद तोकिएका कारण अखिल (क्रान्तिकारी)मा यसपालिको नयाँ नेतृत्वलाई रुचिपूर्वक हेरिएको बेला पार्टी हेडक्वटरको उपाध्यक्षमा आधकारिक उम्मेद्वारको रुपमा खड्कालाई अघि सारेको बुझिएको छ ।
विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन व्यक्तिगत प्रयास मात्र पर्याप्त नभएको भन्दै सामूहिक बहस र सहभागिताको आवश्यकतामा उनको जोड छ । बागमती प्रदेश आफ्नो गृह क्षेत्र भएकाले र विशेष प्रदेशमा आफ्नो कार्यक्षेत्र बलियो रहेको कारण आफूलाई जित सहज हुने विश्वास उनले व्यक्त गरेका छन् ।
यसअघि उमेर हदबन्दीका कारण असोज २–५ गतेको उद्घाघाटनपछि स्थगित भएको सम्मेलनलाई माघ १२ गते मतदानको मिति तय गर्दै अघि बढाइएको छ ।