आज :

राष्ट्रपतिकाे शपथ लिएलगत्तै ट्रम्पले लगाए मेक्सिकोस्थित दक्षिणी सिमामा संकटकाल

  • अनलाइन डबली

काठमाडाैँ । डोनाल्ड ट्रम्पले सोमबार, जनवरी २० मा क्यापिटल हिलमा अमेरिकी संसदको ४७ औं राष्ट्रपतिको रूपमा सपथ ग्रहण गरे। ट्रम्पले सत्ता सम्हाल्ने बित्तिकै घरेलुदेखि विदेशसम्म अमेरिकी नीतिमा ठूलो परिवर्तन ल्याउने कुरा गरेका थिए ।

सपथपछिको ३० मिनेटको भाषणमा डोनाल्ड ट्रम्पले अमेरिका फर्स्ट नीतिअन्तर्गत जाने बताए । यसै क्रममा ट्रम्पले अमेरिका–मेक्सिको सिमानामा (दक्षिणी सीमा)मा संकटकाल लगाउने कुरा गरेका छन ।

उनका अनुसार अब यहाँबाट हुने सबै अवैध प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।  सरकारले अपराध गर्ने विदेशीलाई स्वदेश फर्काउनेछ । अमेरिका–मेक्सिको सीमानाबाट आउने अवैध आप्रवासीको बढ्दो संख्या अमेरिकी राजनीतिमा ठूलो मुद्दा बनेको थियो  । ट्रम्पले अवैध आप्रवासी र अपराधीहरू यहीँबाट अमेरिका प्रवेश गर्ने दावी गर्दै आएका थिए । ट्रम्पले यो सिमानामा पर्खाल बनाउने कुरा पनि गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal