आज :

जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नैपर्छ: कुलमान घिसिङ

  • अनलाइन डबली

काठमाडौं । दैनिक १८ घण्टासम्मको लोड सेडिङ अन्त्य गर्न आफुलाई उपभोक्ताले ठूलो सहयोग गरेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताएका छन् । २०७३ सालको तिहारदेखि काठमाडौंलाई लोडसेडिङ मुक्त गरेसँगै २ वर्षभित्रै देशलाई लोडसेडिङ मुक्त बनाउने अभियानमा आफुलाई उपभोक्ताले ठूलो साथ दिएको घिसिङले दाबी गरे ।

शनिबार नेपाल इन्जिनियरिङ कलेजबाट स्नातक पुरागरी विदा भएका विद्यार्थीहरुलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले उपभोक्ताले विद्युत प्रयोग गर्ने बानी व्यवहार परिवर्तन गरेकाले आफु लोडसेडिङ हटाउन सफल भएको बताए । घिसिङले भने, ‘उपभोक्ताको मागलाई कसरी म्यानेज गर्ने, उपभोगको शैली कसरी सुधार गर्ने कसैले सोचेकै थिएन । मैले एक नम्बरमा उपभोक्ताको व्यवहार र उपभोगको शैलीलाई परिवर्तन गरे । उपभोक्ताले पनि साथ दिनुभयो, त्यसपछि म सफल भए ।’ उनले लोडसेडिङ एकैपटक अन्त्य गर्न नसकिने अवस्थामा आफुले काठमाडौंबाट सुरुवात गर्दा देशभरका जनताले साथ दिएको बताए ।

कार्यकारी निर्देशक घिसिङले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौदाको विषय जनतालाई दैनिक १८ घण्टासम्म अन्धकारमा राखेर उद्योगहरुलाई दिइएको विद्युत भएको बताउँदै उक्त विद्युत उपभोगको रकम तिर्नैपर्ने बताए । ‘जनतालाई लोड सेडिङमा पारेर तत्कालिन म्यानेजमेन्टसँग पनि मिलेर उद्योगीले २० घण्टा २४ घण्टासम्म विद्युत उपभोग गरेको पैसा नतिरेको आज मात्र हैन त्यो बेलादेखि नै लिन खोजेको हो । विचमा उहाँहरुले धेरै अदालत र मुद्दा गर्नुभयो । त्यो लिनुपर्छ’ घिसिङले भने ।

लोडसेडिङको समय एउटै उद्योगलाई ४० मेगावाट सम्म सप्लाई हुने गरेको जिकीर गर्दै कार्यकारी निर्देशक घिसिङले ४० मेगावाट विद्युतले ४० वटा पहाडी जिल्लालाई पुग्ने दावी गर्दै भने, ‘४० मेगावाट एउटै उद्योगमा सप्लाई हुन्थ्यो । ४० मेगावाटले १० वटा जिल्लालाई पुग्छ । बेलुकाको टाइममा एउटै उद्योगले ४० मेगावाट चलायो भने १० वटा जिल्ला अन्धकार हुन्छ ।’

सप्लाई साइटको म्यानेजमेन्ट र डिमाण्ड साइटको म्यानेजमेन्टमा काम गर्दा लोडसेडिङ अन्त्य गर्न सफल भएको  बताउँदै घिसिङले २०७३ सालमा ५० प्रतिशत जनतामा विद्युत पुगेकोमा आजको दिन ९९ प्रतिशत जनताको घरमा विद्युत पुगेको दाबी गरे ।

‘लोडसेडिङको अन्त्य शहरी क्षेत्रको मात्र गरिराख्यौं, तर, काठमाडौं वरीपरीमै विद्युत पुगेको थिएन । जहाँ २४ सै घण्टा लोडसेडिङ थियो त्यहाँ विद्युत पुर्याउने हाम्रो काम नै महान काम हो । अहिले ९९ प्रतिशत जनताले विद्युत पाईरहेका छन् । अब ६, ७ महिना छ यही कार्यकालमा १ प्रतिशत जनताका घरमा विद्युत पुर्याउँछु’ घिसिङले भने ।

लोडसेडिङ अन्त्यसँगै अरबौं घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानु आफ्नो सबैभन्दा ठूलो उपलब्धी रहेको कार्यकारी निर्देशक घिसिङको बताए । ‘२०६९ सम्म २७ अर्बजति घाटा थियो त्यसलाई सरकारले जिरो बनायो । त्यसपछि ५ वर्षमा ०७२ सालसम्म ३५ अर्ब घाटा पुगेछ । म आउनुअघि एक वर्ष करिब ९ अर्ब जति घाटा थियो । म आएपछि २०७३/०७४ मा एकै वर्ष त्यसलाई नाफामा कन्भर्ट गर्यौं । करिब डेढ अर्ब नाफाबाट सुरुभयो, त्यसपछि लगालग नाफामा गयौं । अहिले करिब ८५ अरब जति ब्यालेन्स बनाउन सफल भएका छौं’ घिसिङले भने । उनले प्राधिकरणमा नाफामा पुर्याउन चुहावट नियन्त्रणको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।

इन्जिनियरिङका विद्यार्थीलाई संवोधन गर्दै कार्यकारी निर्देशक घिसिङले इन्जिनियरका विद्यार्थीहरुका लागि विद्युत प्राधिकरण पाठशाला रहेको बताए । ‘तपाईहरु अहिले जति पास आउट गर्नुभएको छ त्यो सबै बेसिक छ । अब प्रोफेसनल लाइफमा धेरै सिक्नुहुन्छ त्यो चैं ठूलो पाठशाला हो । विद्युत प्राधिकरण सबै प्रकारका इन्जिनियरहरुको लागि ठूलो पाठशाला हो’ घिसिङले भने । उनले आफुले प्राधिकरणमा ३१ वर्ष सेवा गर्दा ठूलो अनुभव हासिल गरेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal