आज :

ग्लोबल आइएमई बैंकले ३ अर्ब नाफा कमायो

  • अनलाइन डबली

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ग्लोबल आइएमई बैंकले ४९.५१ प्रतिशतले खुद नाफा कमाएको छ । अघिल्लो वर्षको यसैअवधिको तुलनामा ३ अर्ब ५ करोड ३४ लाख ८९ हजार रुपैयाँ नाफाले बढेको हो ।

अघिल्लो वर्षको यसैअवधिमा यस बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता, बैंकको खुद ब्याज आम्दानी भने ४.४१ प्रतिशतले घटेर १० अर्ब ३८ करोड ३९ लाख ४३ हजार रुपैयाँमा सीमित भएको छ । खुद ब्याज आम्दानी खुम्चिएपनि इम्पेयरमेन्ट चार्ज घट्दा यसको खुद नाफा बढ्न टेवा पुगेको हो । गत वर्ष ४ अर्ब १३ करोड रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यस वर्ष २ अर्ब २० करोड रुपैयाँमा झरेको छ ।

पुस मसान्तसम्म आइपुदा यसको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसाले बढेर १६ रुपैयाँ ०२ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १६९ रुपैयाँ ५८ पैसा छ । चुक्ता पुँजी ३८ अर्ब ११ करोड रुपैयाँ छ । आरओई ९.६९ प्रतिशत छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal