आज :

आज देशभर भूकम्प सुरक्षा दिवस मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । वि.सं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ ।

आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइदैँ छ ।

भूकम्प सुरक्षा दिवसलाई प्रभावकारी बनाउनको लागि भूकम्प सुरक्षा दिवस मार्गदर्शन २०७१ तर्जुमा समेत गरिएको छ ।

वि.सं. ९९९० मा आजकै दिन अर्थात् माघ २ गते नेपालमा एउटा ठुलो विनाश भएको थियो । ९० सालको भूकम्पका कथाहरू धेरैले सुनेका छौ होला ।

भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंसात्मक रूपमा आईनैरहेको छ यही क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एक पटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो ।

वर्ष ८० मा पनि साना ठुला भूकम्प अनि पराकम्पका साथै जनधनको क्षति पनि भएको छ । यसै वर्ष पनि जाजरकोटमा भूकम्प गएको थियो ।

यस्तो घटना फेरि फेरि पनि हुन सक्ने हुदाँ भूकम्प प्रतिरोधात्मक घरहरु निर्माण गर्ने र यस्तो अवस्थामा कसरी बच्ने भन्ने बारेमा जनतालाई सचेत गराउन अति आवश्यक छ । सरकारले यसबारे पहलकदमी गरेपनि अझै पूर्णता भने दिन सकेको छैन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal