आज :

दुनियाँ माओवादी बन्न आतुर छ, स्पष्ट विचार र नैतिक धरातल बलियो बनाऔंः रावल

  • अनलाइन डबली

काठमाडौँ । नेकपा माओवादी केन्द्रको जारी बैठकमा अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरुले धारणा राखिरहेका छन् । बैठकको दोस्रो दिन सोमबार ८० नेताहरुले आआफ्नो धारणा राखिसकेका छन् ।

बैठकमा अक्कल बहादुर रावलले अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको मुल स्प्रिडमा सहमति जनाउँदै विचार स्पष्ट बनाउनुपर्नेमा जोड दिए । ‘अध्यक्षले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनको मुल स्प्रिडमा सहमति छ, हलबाट आएका सुझावसहित यसलाई थप समृद्ध बनाएर समाजवादको बाटोमा अगाडि बढ्नुपर्छ । त्यसको लागि विचार स्पष्ट हुनुपर्छ’ रावलले भने ।

नेता कार्यकर्तालाई उत्पादनमा जोड्नुपर्ने आशयका साथ प्रतिवेदन आएको बताउँदै कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए । नेता कार्यकर्ताको नैतिक धरातल बलियो बनाउनुपर्नेमा जोड दिँदै रावलले केन्द्रीय अनुशासन आयोगलाई शक्तिशाली बनाएर पार्टीभित्र देखा परेका दण्डहिनताको अन्त्य गरिनुपर्ने बताए ।

त्यसैगरी स्पष्ट विचार, नैतिक धरातल बलियो बनाए दुनियाँ माओवादी बन्न आतुर रहेको बताउँदै रावलले बरु माओवादीहरु नै माओवादी बन्न नसकेको बताए ।

‘दुनियाँ माओवादी बन्न आतुर भएको परिस्थितिमा हामी माओवादीहरु नै माओवादी बन्न सकेनौं कि ?’ रावलले भने ।
त्यसैगरी उनले माओवादीले जितेको स्थानीय तहमा समाजवादका आधारभूमि तयार गर्ने विज्ञहरुको सुझावसहित कार्यविधि बनाएर कार्यक्रम बनाउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal