आज :

मन्त्री पौडेलले भने– स्वास्थ्य बीमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुप काम गर्न सकेन

  • अनलाइन डबली

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन् ।

शुक्रबार, स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताएका हुन् ।

मन्त्रीले भने, ‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले बिषयहरु हामीले देखीरहेका छौ । विध्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ । तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन । व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन ।’

मन्त्री पौडेलले बिमालाई व्यवस्थित बनाउन नीती, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए । ‘यिनै कुरालाई महसुस गरेर हामीले आम नागरिकलाई स्वस्थ्य क्षेत्रमा सेवा सुविधा उपलब्ध हुनेगरी नागरिकको खल्तिबाट जुन खर्च भएको छ त्यो खर्च नहुने स्थिती निर्माण गर्नको लागि स्वास्थ्य क्षेत्रमा सबैको पहुँच युनिर्भसल कभरेजको नीतीका अनुसार यसलाई व्यवस्थित गर्नको लागी हामीले काम अघि बढाउन खोजिरहेका थियौ त्यस सन्र्दभमा कस्ता नीतीहरु अवलम्वन गर्न जरुरी छ कस्तो योजना बनाउन जरुरी छ भन्ने बारेमा अध्ययन गरेर अब बिमालाई व्यवस्थित बनाउन पर्छ’ मन्त्री पाैडेलले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal