आज :

एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

  • अनलाइन डबली

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ ।

शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलीको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए ।

उनले भने, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ ।  त्यसामा पनि राम्रो प्रस्तुती दिने योजनामा छौ । क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौं । परिणामको बारेमा सोचेका छैनौ । खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौ । खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन् । जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ ।’

यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए ।

उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ । फाइनल खेलको लागि विशेष योजना केही छैन । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’

नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal