आज :

प्रधानमन्त्री ओलीले भने– चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन

  • अनलाइन डबली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा चीन सरकारसँग ऋणसम्बन्धी कुनै सम्झौता नभएको बताएका छन् ।

बिहीबार चार दिने औपचारिक चीन भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नको जवाफ दिँदै चीन भ्रमणपूर्व नै कुनै पनि ऋण नलिने भनिसकेको र ऋणको बारेमा चीन भ्रमणमा कुनै सम्झौता नभएको स्पष्ट पारेका हुन् ।

उनले भने, ‘अस्ति नै देखि मैंले हामी कुनै ऋण लिन जाँदै छैनौँ, ऋण लिनेबारे कुनै कुरा पनि चलेन, मैले यहाँ बोलेकै थिएँ । छलफल पनि भएन । हामीले यसपटक बिआरआई अन्तर्गत विभिन्न परियोजनाहरुको कुरा गरेका छौँ । हरेक परियोजनाअन्तर्गत छुट्टै छलफल, छुट्टै एग्रिमेण्टहरु गर्छौं र त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने सन्दर्भमा कुरा पनि गरेका छौं ।’

प्रधानमन्त्रीले भ्रमणमा बीआरआईअन्तर्गत गरिएका सम्झौताअनुसार नेपालले पाउने सबै रकम अनुदान भएको बताए । चीन भ्रमणको क्रममा नेपाल–चीन मित्रलाई प्रगाढ बनाउने कुरा भएको बताए ।

‘मित्रता अरू कसैका विरूद्ध नभई हाम्रै पक्षमा मात्र हो भन्ने कुरा पनि भयो । मित्रतालाई अगाडि बढाउने र त्यसले सकेसम्म ज्यादा लाभ नेपाललाई पु¥याउने भन्ने कुरा भयो,’ प्रधानमन्त्री ओलीले भने ।

साथै उनले सरकारको नेतृत्व अब १८ महिना गरेपछि आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गर्ने बताए । उनले देउवाले डेढ वर्ष सरकारको नेतृत्वसँगै निर्वाचन गराउने र चुनावमा बहुमत ल्याउन सबै राजनीतिक दलहरुले प्रयास गर्ने बताए ।

‘अब म प्रधानमन्त्री १८ महिना जति छु, त्यसपछि शेरबहादुर देउवाज्यूलाई हस्तान्तरण गर्छु । उहाँले डेढ वर्ष चलाउनुहुन्छ, चुनाव गराउनुहुन्छ । हाम्रो चुनावसम्मको एग्रिमेन्ट छ । चुनावपछि अब हामी हरेकले बहुमत ल्याउने कोशिस गरौंला । बहुमत आउँछ भन्ने विश्वास छ । आएन भने अरू तरिकाहरू होला,’ उनले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal