काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । अध्यक्ष प्रचण्डको निवास खुमलटारमा सुरु भएको बैठकले उपनिर्वाचनको समिक्षा, संगठन र आगामी केन्द्रीय समिति बैठकबारे छलफल गर्न लागेको हो ।
बैठकमा पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीको स्थगित २३ औँ राष्ट्रिय सम्मेलन लगायत विषयमा पनि छलफल गरेर टुंगोमा पुर्याउने बताइएको छ ।
त्यसैगरी बैठकले पूर्वजनमुक्ति सेनाका कमाण्डर नन्दकिशोर पुन पासाङलाई पार्टीको उपाध्यक्षमा मनोनित गर्न लागेको नेताहरुले बताएका छन् । त्यस्तै, लुम्बिनी प्रदेशका पूर्वप्रदेश प्रमुख अमिक शेरचनलाई पनि पार्टी जिम्मेवारी दिनेबारे छलफल भइरहेको छ ।