आज :

उपचुनावकाे सन्देशः माओवादीको उकालो यात्रा सुरू, जनतालाई नभुले ६४ फर्किन सक्ने

  • अनलाइन डबली

काठमाडौँ । स्थानीय तहको रिक्त स्थानको लागि भएको उपचुनावको मत गणना सकिएको छ । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी रहेको छ ।

चुनावमा सत्तारुढ नेपाली काँग्रेसलाई सबैभन्दा ठूलो क्षति पुगेको छ भने नेकपा एमालेले पनि पहिलेको स्थान गुमाएको छ भने नेकपा माओवादी केन्द्रले पुरानो अवस्थालाई सुदृढ गरेको छ । रिक्त ४४ पदमा भएको चुनावमा काँग्रेसले २ जिसस प्रमुख, १ नगरप्रमुखसहित १६ वडा गरी १९ स्थान जितेर पहिलो भएको छ, माओवादी केन्द्र नगरपा उपप्रमुख १, गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष उपाध्यक्ष २, ७ वडा गरी ११ स्थानमा जितेर दोस्रो र एमालेले गाउँपालिका अध्यक्ष १, उपाध्यक्ष २ र ५ वडा गरी ८ स्थानसहित तेस्रोमा सिमित भएको छ ।

त्यसैगरी जसपाले २ वडा र नेकपा एकीकृत समाजवादी, रास्वपा, नेमकिपा र स्वतन्त्रले वडा जित हात पारेका छन् । जिसस प्रमुखमा पनि काँग्रेस र एमालेले तालमेल गरेका थिए ।

काँग्रेस–एमालेले रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा सत्ता गठबन्धन गरेका थिए । त्यस्तै, रोल्पा, पश्चिम रुकुममा पनि अनौपचरिक रुपमा गठबन्धन गरेका थिए । पुथा उत्तरगंगामा माओवादी उम्मेदवार नरपुरा बुढाले गठबन्धन उम्मेदवारलाई फराकिलो मतले पराजित गरिन् ।

संसदको पहिलो र दोस्रो पार्टीले गरेको गठबन्धनलाई पराजित गर्नु माओवादीको परीक्षण पनि हो । २०८४ मा आधार क्षेत्रमा काँग्रेस–एमालेको सम्भावित गठबन्धनलाई माओवादीको रुपमा पुथाउत्तरगंगाको परिणामलाई लिइएको छ । पार्टी केन्द्रमा काँग्रेस र एमालेले गठबन्धन नगर्ने निर्णय गरेपनि पुथा उत्तरगंगामा एमालेकी केशकुमारी तुलाचन कांग्रेसको रूख चिह्न लिएर उम्मेदवार बनेकी थिइन ।

२०७९ मा माओवादीले ६ वटा वडामा एक थपेको छ । तर, पहिले जितेका वडाको रक्षा गर्न भने सकेन । पहिले जितेको स्थानको रक्षासहित अहिले जितेका थप भएको भए काँग्रेस–माओवादी हाराहारीमा आउने थिए ।

मोरङको ग्रामथान गाउँपालिकामा काँग्रेसको विरासत तोडेर माओवादी जित हात परेको छ । यसलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वबाट सन्देश दिएको बताएका छन् । माओवादीका नमोनारायण माझीले कांग्रेसका बलराम सरदारलाई पराजित गरेका छन् ।

त्यसैगरी यसअघि माओवादीकै सहयोगमा नेपाली काँग्रेसले जितेको जाजरकोट नलगाड नगरपालिकाको प्रमुख पनि माओवादीले फिर्ता ल्याएको छ । जनयुद्धमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी सक्षम महिला नेतृ देवका लामिछानेले काँग्रेसका इन्द्राचन्द सिंहलाई पराजित गरेकी छन् ।

यसअघि जितेको हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पद पनि माओवादी केन्द्रले सुरक्षित गरेको छ । उपाध्यक्षमा देवकी तिमिल्सिनाले काँग्रेस उम्मेदवारलाई पराजित गरेकी छन् ।

गत निर्वाचनमा माओवादीले १२१ पालिका जितेको थियो । त्यसमा एक थप भएको छ । माओवादीले हारेका अधिकांश ठाउँमा कडा प्रतिस्पर्धा गरेको छ । तीनवटै पार्टीको प्रतिस्पर्धा भएका स्थानमा माओवादी सबैभन्दा बढी स्थानमा दोस्रो अर्थात निकटतम प्रतिद्वन्दी हुँदै झिनो मतले पराजित भएको छ ।

यसअघिको अवस्थालाई तुलना गर्ने हो भने उपचुनावबाट माओवादीको उकालो यात्रा सुरु भएको रुपमा विश्लेषण हुन थालेको छ । माओवादी नेताहरुले उपचुनावको परिणामलाई २०६४ मा फर्किने संकेत मिलेको बताएका छन् । जनता नभुले ६४ फर्किन सन्देश पाएकाे नेताहरूले बताएका छन् ।

यी हुन् माओवादीले जितेको स्थानहरुः

१. नमोनाराण माझी, अध्यक्ष–ग्रामथान गाउँपालिका, मोरङ

२. देवका लामिछाने, उपप्रमुख–नलगाढ नगरपालिका, जाजरकोट

३. नरपुरा बुढा, उपाध्यक्ष पुथाउत्तरगंगा गाउँपालिका, रुकुमपूर्व

४. देवकी तिमिल्सिना, उपाध्यक्ष–सर्केगाड गाउँपालिका, हुम्ला

५. जगत घर्ती वडाअध्यक्ष, पुथाउत्तरगंगा– २, रुकुमपूर्व

६. विष्णुबहादुर मगर वडाअध्यक्ष, गोरखा नगरपालिका–५, गोरखा

७. सुनिल कापर केवट, वडाअध्यक्ष– धनुषाधाम नगरपालिका–१, धनुषा

८. कृष्ण घिमिरे वडाअध्यक्ष, ककनी गाउँपालिका–३, नुवाकोट

९. भरत घिमिरे, वडाअध्यक्ष, बेलका नगरपालिका–९, उदयपुर

१०. नविन कुमार वान्तवा राई, वडाअध्यक्ष, त्रियुगा नगरपालिका–१२, उदयपुर

११. नरबहादुर झाक्री, वडाअध्यक्ष, त्रिपुरासुन्दरी नगरपालिका–९ डोल्पा ।

माओवादी उपविजेता बनेका ९ स्थानहरुः

१. प्रा.डा. शिवशरण महर्जन, कीर्तिपुर नगरपालिका, काठमाडौँ ।

२. निम लेकी शेर्पा, गौरिशंकर गाउँपालिका, दोलखा ।

३. रबि कुमार प्रधान, हेटौडा नगरपालिका–१२, मकवानपुर ।

४. शेर बहादुर थारु, ठाकुरबाबा नगरपालिका–४, बर्दिया ।

५. केशेश्वर खेरवार, गढी गाउँपालिका–६, सुनसरी ।

६. जिक रुलाह, राजपुर नगरपालिका–६, रौतहट ।

७. गोरख बहादुर नेपाली, कुसे गाउँपालिका–७, जाजरकोट ।

८. आइती कुमारी यादव, रामगोपालपुर नगरपालिका–२, महोत्तरी ।

९. लम्बी साउदेन, सिरीजंगा गाउँपालिका–३, ताप्लेजुङ ।

१०. जसिराम बस्नेत, सानीभेरी गाउँपालिका–५ रुकुम पश्चिम ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal