काठमाडौँ । स्थानीय तहका रिक्त स्थानमा भएको उपचुनावमा मतदान जारी रहेको विहानैबाट रिक्त ४१ पदका लागि आज मतदान सुरु भएको हो ।
काठमाडौँको कीर्तिपुर नगरपालिका प्रमुखसहित, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
मतदान चाँडै सकिएका स्थाना आज साँझ नै मतगणना गर्ने तयारी निर्वाचन आयोगले गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयहरुले चाँडै मतदान सकिएका स्थानमा आजै मतगणना गर्ने तयारी थालेका छन् । वडाअध्यक्षको लागि भएको स्थानमा चाँडो मतदान हुन सक्ने र आजै मतगणना हुन बताइएको छ ।
निर्वाचन सकिएपछि सम्बन्धीत स्थानीय तहमा सर्वदलीय बैठक बोलाउने तयारी पनि भइरहेको छ ।