काठमाडौं । निर्वाचन आचारसंहिता विपरिति धरानका मेयर हर्क साम्पाङ कीर्तिपुरमा चुनाव प्रचारमा जुटेका छन् । निर्वाचन आयोगको आचारसंहित विपरित साम्पाङ कीर्तिपुर नगरपालिकाका प्रमुख पदका उम्मेदवार राजमान मानवको चुनावी प्रचारमा जुटेका हुन् ।
स्वातन्त्रबाट उम्मेदवारी दिएका राजमानलाई जिताउन सोमबार मेयर साम्पाङ कीर्तिपुरमा भोट माग्दै गरेको थिए ।
घरदैलोको क्रममा उनले राजमान मानव कीर्तिपुरको विकासको लागि काम गर्ने खालको मान्छे लागेकाले सघाउनको लागि आफू आएको बताए ।
उनले भने,‘उहाँ राम्रो मान्छे हो । चुनावमा राम्रो मानछेलाई भोट गरौं भन्ने हो । म उहाँलाई सघाउन आएको हुँ राम्रो काममा । साधारण म जस्तै मान्छे हो उहाँ काम गर्ने खालको मान्छे हो ।’