आज :

माओवादी उम्मेदवार प्रा.डा. शिवशरण महर्जनद्वारा सरकारी सेवा सुविधा नलिने घोषणा

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द)बाट कीर्तिपुर नगरपालिकाको प्रमुखका उम्मेदवार प्रा.डा. शिवशरण महर्जनले आफूले चुनाव जिते सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।

शुक्रबार चुनावी प्रतिवद्धता सार्वजनिक कार्यक्रममा डा.महर्जनले आफू निस्वार्थ कीर्तिपुरबासीको सेवा गर्न चुनावी मैदानमा उत्रिएको बताउँदै नगर प्रमुखको रुपमा पाउने सबै सेवा सुविधा जनताको हितमा लगाउने बताए ।

‘म कुनै स्वार्थ वा कमाउन चुनाव उठ्न लागेको होइन, मैले जितेमा सरकारबाट प्राप्त हुने सबै सेवा सुविधा नलिने घोषणा गर्दछु, नगर प्रमुखको रुपमा पाउने सबै सेवा सुविधा कीर्तिपुरबासीको हितमा लगाउनेछु’ डा. महर्जनले भने ।
लामो समयदेखि कीर्तिपुरबासीको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाई, यातायतलगायतका क्षेत्रमा विना स्वार्थ काम गरेको बताउँदै महर्जनले भने, ‘मलाई जितउनुभयो भने म फेरि कुनै भेदभाव नराखी सुशासन कायम गर्दै तपाईँहरुको अवस्था बदल्न लागिपर्नेछु ।’

यही मंसिर १६ गते हुन लागेको उपचुनावमा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिका वडा नं. ४ मा इन्जिनिय नारायण विष्टलाई उम्मेदवार बनाएको छ । त्यस्तै, वडा नं. १ मा जसपाका उम्मेदवार सरल गोपाल महर्जनलाई समर्थन गरेको छ । उनि पनि माओवादीकै चुनाव चिन्हमा चुनाव लड्ने सहमति भएको छ ।

त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि माओवादी उम्मेदवार प्रा.डा महर्जनलाई समर्थन गर्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष माधव कुमार नेपालले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीबाट दिएको उम्मेदवारी निश्क्रिय भएको बताउँदै महर्जनलाई भोट हाल्न नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आग्रह गरेका थिए । त्यस्तै, नेसपाले पनि माओवादी उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

अहिले तीनै जना उम्मेदवार घरदैलो अभियानमा छन् । शुक्रबार प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै तीनै उम्मेदवारले घरदैलो अभियानमा जनताबाट पाएको माया र समर्थनले आफूहरुले जित्ने विश्स्त रहेको बताएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal