आज : २०८२ बैशाख, २०

युद्ध मैदानबाट डाइमण्डले भने- क्रुस्क क्षेत्र ६६ प्रतिशत खाली भइसक्यो, उत्तर कोरियाको सेना छैन 

  • अनलाइन डबली
  • २०८१ मङ्सिर ०५ गते   बिहान ०९:०३ बजे

काठमाडौं । रुसको क्रुस्क क्षेत्रमा ‘क्लिन स्विप’ अपरेशन अन्तरगत मोर्चा समालिरहेका एक कमाण्डरले ६६ प्रतिशत भू-भागबाट युक्रेनी फौजबाट मुक्त गरिसकेको बताएका छन् ।  बाँकी भू-भाग पनि खाली गर्न रुसी फेडेरसन सेनाले भिषण हमला जारी राखेको  उनले बताएका छन् ।

पूर्व जनमुक्ति सेनाका कमाण्डर हाल रुसी फेडेरसनको तर्फबाट कुर्स्क क्षेत्रमा युद्ध लडिरहेका डाइमण्ड सीले अहिले हवाइ, स्थल, अन्डर ग्राउण्ड, छापामार, अर्बान गरी युद्धका सबै रुपको प्रयोग भइरहेको बताएका छन् । त्यस्तै, युद्धमा छोटो दुरीको स्काण्डर, किञ्जाल, हाईपरसोनिक मिसाइल तथा १.५ देखि ३ टन सम्मको विध्वंसात्मक ग्लाईड वमको प्रयोग पनि भइरहेको डाइमण्डले जानकारी दिएका छन् ।

रुस र युक्रेनले क्रुस्क क्षेत्रलाई विशेष महत्व दिएका छन् । रुसले सो क्षेत्रमा ४५ हजार नियमित र १५ हजार रिजर्भ गरी ६० हजार सैनिक परिचालन गरेको छ भने नेटोसहित युद्ध लडिरहेको युक्रेनले एकपछि अर्को हार ब्यहोरेपछि उत्तर कोरियाको सेना पुगेको भनेर प्रचारलाई लाज छोप्न प्रोपोण्डा गरेको डाइमण्डले बताए । उनले अमेरिका र पश्चिमा देशहरुले प्रचार गरेजस्तो कुनै मोर्चामा उत्तर कोरियाको सेना सहभागी नभएको र सहकार्य नगरेको बताए ।

नेटो सेना सेनासहित क्रुस्कमा घुसेको युक्रेनले एकपछि अर्को पराजय भोग्न थालेपछि आफ्नो लाज छोप्न उत्तर कोरियाको सेना युद्धमा सहभागी भएको भनेर प्रोपोगण्डा गरेको रुसी अधिकारीहरुले बताउने गरेको डाइमण्डले बताएका छन् । बरु क्रुस्क युक्रेनी सेना प्रवेश नगर्दै उत्तर कोरियाले उपलब्ध गराएको किञ्जल मिसाइलको तालिम दिन एउटा टेक्निकल प्लाटुन आएको रुसी अधिकारीहरुले जानकारी दिने गरेको डाइमण्डले बताएका छन् ।

डोनाल्ट ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि युद्धको अवस्था फेरबदल हुन सक्ने अनुमान भएको तर जाँदाजाँदै जो बाइडनले रुसी भूमिसम्म प्रहार गर्न अनुमति दिएसँगै युद्धले अझै उग्ररुप लिन सक्ने अवस्था सिर्जना भएको छ । बाइडनले सो अनुमति दिएको भोलिपल्टै रुसी फेडेरेसनका राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु हतियार सम्बन्धी नयाँ आदेशमा हस्ताक्षर गरेका छन् ।

पुटिनको यो नयाँ आदेशसँगै अब रुसी सेनाले परमाणु हतियार प्रयोग गर्न सक्ने भन्दै डाइमण्ड भन्छन्-‘बाईडेनले युक्रेनलाई रुसी भुगोलभित्र लामो दुरीको हतियार प्रयोग गर्ने अनुमति दिएको भोलिपल्ट पुटिनले परमाणु हतियारको प्रयोग सम्वन्धी नयाँ आदेशमा हस्ताक्षर गरेका छन, जसअनुसार अब रुसले परमाणु हतियार विहिन राष्ट्र युक्रेन तथा अन्य सहयोगी परमाणु हतियार सम्पन्न राष्ट्रमाथी पारमाणविक हतियारको प्रयोग गरी जवाफ दिन सक्छ।’

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal