आज :

हुम्लाको सर्केगाडको उपाध्यक्षमा माओवादीबाट देवकी तिमिल्सिना उम्मेदवार

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले रिक्त रहेको हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्षमा देवकी तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।

माओवादीका नेता कार्यकर्ता तथा मतदाता नाराजुलुससहित उम्मेदवारी दर्ता स्थल पुगेका थिए ।

जनयुद्धकी जनकलाकार तथा संचारकर्मी देवकी संवाद डबलीकी उपाध्यक्ष समेत हुन् ।

यसअघि भएको स्थानीय तहको निर्वाचनमा सर्केगाडको उपाध्यक्षमा माओवादी केन्द्रबाट निर्वाचित चन्द्रसिंह कार्की ‘मुक्ति’ को दुर्घटनामा परी निधन भएको थियो । सुर्खेतमा भएको दुर्घटनामा मुक्तिको निधन भएसँगै सर्केगाडको उपाध्यक्षको लागि उपचुनाव हुन लागेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal