आज :

अमेरिकाका चुनावः ट्रम्प ४७ औं राष्ट्रपति बने, सिनेटमा पनि रिपब्लिकनलाई बहुमत

  • अनलाइन डबली

काठमाडौँ । अमेरिकाको चुनावमा मत गणना अन्तरिम चरणमा पुगेको छ । केही राज्यमा मत गणना जारी रहेपनि रिपलिब्कन पार्टीका डोनाल्ड ट्रम्पको जित हासिल गरेका छन् । तर, औपचारिक रुपमा जित घोषणा गर्न बाँकी रहेको छ ।

त्यस्तै, मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकनले सिनेटको नियन्त्रण आफ्नो हातमा लिन सफल भएको छ ।

रिपब्लिकनले कम्तिमा दुई डेमोक्र्याटिक सिट खोसेको छ भने आफ्ना कमजोर सांसदहरूको सिट सुरक्षित राख्न सफल भएको छ । यसले सिनेटमा चार वर्षदेखिको डेमोक्र्याटिक बहुमतको अन्त्य भएको छ ।

अमेरिकी संचारमाध्यम फोक्स न्यूजका अनुसार ट्रम्पले २७७ इलेक्टोरल मत ल्याउन लागेको बताएको छ । त्यस्तै, ह्यारिसले अहिलेसम्म १८८ मत पाएकी छिन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal