आज :

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न अदालतको अनुमति

  • अनलाइन डबली

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेलाई ६ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

म्याद थपको लागि अदालत उपस्थित गराइएका लामिछानेलाई न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

आजै जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान गर्न भन्दै म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

अदालतमा भएको बहसपछि न्यायाधीशले म्याद दिएसँगै अब प्रहरीले अनुसन्धान कार्य अघि बढाउनेछ ।

शुक्रबार सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेको उनलाई सोही राति पोखरा पुर्‍याइएको छ । उनी पक्राउ परेसँगै पार्टी नेता कार्यकर्ता भने आक्रोशित बन्दै सडकमा उत्रिएका छन् । आइतबार पनि पोखरामा दिनभर रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal