आज :

इजरायलका प्रधानमन्त्रीको घरमा हिजबुल्लाहको हमला, अमेरिकाकाे थार्डले पनि रोक्न सकेन

  • अनलाइन डबली

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको घरमा ड्रोन हमला भएको छ । इजरायविरुद्ध लडिरहेको हिजबुल्लाहले प्रहार गरेको ड्रोनले नेतान्याहूको घरमा ध्वस्त बनाइदिएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

राजधानी तेल अबिबमा रहेको घर ड्रोन हमलामा परेपनि प्रधानमन्त्री नेतान्याहू भने सकुशस रहेको बताइएको छ । त्यतिबेला उनी घरमा नभएको बताइएको छ ।

इरानी मिसाइलले तेल अबिब क्षति पु¥याएपछि प्रधानमन्त्री नेतान्याहू बंकरमा लुकेर बस्ने गरेका कारण बचेका हुन् । उनी बंकरबाटै युद्ध लडिरहेका छन् ।

नेतान्याहूका कार्यालयले हिजबुल्लाले ड्रोन हमला गरेको पुष्टि गर्दै प्रधानमन्त्रीको घरलाई निसाना बनाएको बताएको छ ।

इजरायलका चर्चित डोम एयर डिफेन्स सिस्टमले हिजबुल्लाको ड्रोनलाई रोक्न सकेन । त्यस्तै केही दिन अघिमात्रै अमेरिकाले दिएको थार्ड एयर डिफेन्स सिस्टम पनि तेल अबिबमा तैनाथ गरिएको बताइएको छ ।

हिजबुल्लाहलाई सिध्याउने भन्दै इजरायले जमिन र हवाई एकसाथ हमला गरिरहेको छ । हिजबुल्लाहको आश्रयस्थल भन्दै इजरायली सेनाले लेबनानका धेरै गाउँमा बम खसालेर ध्वस्त बनाएसकेको छ ।

त्यसको प्रतिवाद गर्न हिजबुल्लाहले पनि हमला गरिरहेको छ । यसअघि गरेको हमलामा परी इजरायली सैनिकको मृत्यु भएको थियो । त्यस्तै, जमिन कारवाही सहभागी इजरायली सेनाको पनि ठूलो क्षति भएको छ ।

इजरायलसँगको लडाइँमा हिजबुल्लाहले प्रधानमन्त्रीलाई लक्षित गरेर हमला गरेको यो पहिलो घटना हो ।

भारतीय पत्रकार गाैरव सावन्तका अनुसार अहिले प्रधानमन्त्रीकाे घर वरपर कसैलाइ जान नदिइएकाे छैन । लगातार साइरन बजिरहेकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal