काठमाडौँ। बाढीपहिरोले क्षतिग्रस्त भई अवरुद्ध रहेको बिपी राजमार्ग आज शुक्रबार देखि खुलेको छ । असोज ११ र १२ गतेको बाढीपहिरोले काठमाडौँ उपत्यकालाई पूर्वी नेपालसँग जोड्ने छोटो स्थल मार्गका रूपमा रहेको बिपी राजमार्ग अवरुद्ध भएको थियो । बाढीपहिरोले राजमार्गको विभिन्न ठाउँमा गरी करिब १२ किलोमिटरसम्म क्षति पु-याएको थियो ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव इन्जिनियर केशव शर्माका अनुसार बिहान ८ बजे बाटनै संचालनमा आएको छ । उहाँका अनुसार आजदेखि कतै एकतर्फी र कतै दुईतर्फी राजमार्ग खुलेको छ । अब सडक खुलेपछि आउजाउ गर्नेलाई केही सहज भएको छ ।
सङ्घीय राजधानीलाई पूर्वी नेपालसँग जोड्न मुख्य मार्गका रूपमा रहेको यस राजमार्गलाई खुलाउन ‘डेडिकेटेड टिम’ नै खटाइएको स्पष्ट पार्नुभयो ।