धौलागिरि हिमालको आरोहणको क्रममा हराइरहेका पाँच रुसी पर्वतारोही मृत भेटिएका छन्।
म्याग्दीको धवलागिरि गाउँपालिका–४,मुदीमा अवस्थित हिमालको हाई क्याप आधार शिविरबाट आइतबार देखि हराएका आरोहीहरूको शव ७ हजार १ सय मिटरको उचाइमा आज मंगल बार भेटिएको हो।
आइ एम टे«कीङ एण्ड एक्सपीडिसन मार्फत धौलागिरि आरोहणका लागि आएका रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव भेटिएको म्याग्दीका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिएका छन् ।
मृत्यु भएकाआरोहीको शव एकै ठाउँमा भेटिएको र शव ल्याउन काठमाण्डौबाटै टोली खटिने प्रनाउ श्रेष्ठले बताए ।
आरोहीको टोली हाई क्यापबाट माथिल्लो क्षेत्रमा जाने क्रममा आइतबार दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए। बेपत्ता आरोहीलाई खोज्न हेली एभरेस्टको हेलिकप्टर मंगलबार दिनभरि परिचालन गरिएको थियो।
आरोही मृत भेटिएको क्षेत्र करिब सात हजार छ सय मिटर उचाइ रहेको प्रारम्भिक अनुमान गरिएको छ।