आज :

निर्माण कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुन्छ: अर्थमन्त्री

  • अनलाइन डबली

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले निर्माण सम्पन्न गरिसकेका निर्माण  कम्पनीहरुको रकम भुक्तानी दशैं अगाडि हुने आश्वासन दिएका छन् ।

बुधबार अर्थ मन्त्रालयमा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरुसँगको छलफलमा निर्माण सम्पन्न गरिसकेका कम्पनीहरुले पाउनुपर्ने बक्यौता भुक्तानि प्रक्रियामै रहेकोले चिन्ता नलिन आग्रह गरे ।

उनले भने, ‘निर्माण व्यवसायीहरुले सम्पन्न गरेको कामको भुक्तानि पाउनुपर्छ भनेर म मन्त्री भएर आएदेखि नै भन्दै आइरहेको छु । त्यसका लागि सरकारले आवश्यक प्रबन्ध मिलाउनुपर्छ भनेर जोड दिँदै आएको छु । त्यसका लागि २० अर्ब जति भुक्तानि भएको पनि छ । तर यो पनि सत्य हो कि त्यो पैसाबाट निर्माण व्यवसायीहरुले पाउनुपर्ने दायित्व पाइसकेको छैन । हामी सम्पन्न भएको कामको भुक्तानिका लागि काम गरिरहेका छौं । केही प्रक्रिया रोकिएको छैन । तपाईले भुक्तानि पाउनुहुनेछ । दशैं अगाडि नै हामी प्रयास गर्छौं । संसदले पास गरेको बजेटका लागि तपाईहरुले चिन्ता गर्नुपर्दैन ।’

निर्माण कम्पनीहरुले पाउनुपर्ने रकम धेरै र उक्त शिर्षकमा बजेट कम छुट्याएको कारण भुक्तानिमा समस्या भएको अर्थमन्त्री पौडेलको भनाइ छ ।

उनले अविरल वर्षाका कारण आएको बाढी र पहिरोले ठुलो धनजनको क्षति भएको कारणले क्षतिबाट बाहिर निकाल्न सबै पक्ष लाग्नुपर्ने बताए ।

‘अविरल वर्षापछि आएको बाढी र पहिरोले सार्वजनिक सम्पत्तिदेखि नीजि घर, खेत, जमिन र भौतिक संरचनाहरु बगाएको स्थिति छ । व्यवसायीक संरचनाहरु ध्वस्त भएका छन् । निकै ठुलो क्षति चाँही मुलुकले व्यहोर्नुपरेको छ । यस्तो अवस्थामा क्षतिबाट मुलुकलाई बाहिर निकाल्नका लागि नेपाल निर्माण व्यवसायी महासंघको सहयोगको पनि अपेक्षा गर्न चाहान्छु । यसका लागि तपाईले राख्नुभएको चासो र चिन्ता र सहयोगको प्रतिबद्धताका लागि धन्यावाद समेत दिन चाहान्छु । तर भुक्तानि गर्नुपर्ने रकम धेरै र त्यो शीर्षकमा कम मात्र बजेट भएका कारण समस्या भएको छ । यस्तै समस्याहरुका निम्ति हामीले अरु प्रबन्ध गर्नुपर्नेछ ।’ उनको भनाई छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal