काठमाडौँ ।
मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय भरिन थालेको छ । अविरल बर्षा र बर्षा क्रम नरोकिए अबको दुइ घण्टामा ड्यामको ढोका खोल्नुपर्ने अवस्था आउने नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले सुचना जारि गरेको छ । जलविद्युत् केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई यस बिषयमा पत्राचार गरेको छ ।
जलाशय भरिन थालेपछि तल्लो तटीय क्षेत्र डुबानको जोखिममा परेकाे छ । केन्द्रका प्रमुख तारादत्त भट्टले ड्यामको ढोका खोलेको अवस्थामा तल्लो तटीय क्षेत्र जोखिममा पर्ने भन्दै स्थानीय बासिन्दालाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।