सुनको भाउले आज फेरि नयाँ कीर्तिमान बनाएको छ । आज सुन तोलामा ५०० सयले बढेर एक लाख ६१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो सुन तोलाको एक लाख ६० हजार सात सय रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउ निरन्तर बढीरहेको छ ।
यस्तै आज चाँदीको भाउमा भने घटबढ भएको छैन । चाँदीको भाउ हिजोजस्तै एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।