
काठमाडौँ। नेपाली कांग्रेसको पदाधिकारी बैठक जारी रहेको छ। बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक लागि बोलाएकोमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का र कांग्रेस महामन्त्री गगन थापा नगएपछि लगत्ति बसेको कांग्रेसको पदाधिकारी बैठकले सट्टा गठबन्धको आगामी यात्रा कता जाने होला ? भन्ने उपसंका बढेको छ।
कांग्रेसकै पदाधिकारी नै संयन्त्रको बैठकमा उपस्थिति नहुने र कांग्रेसका नेताहरुबाटै सरकारमा गएका मन्त्रीको आलोचना गर्न थालेपछि सभापति देउवाले तत्काल बैठक बोलाएको स्रोतको भनाई छ।
सरकारका कामका विषयलाई लिएर कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य शेखर कोइराला लगायतले निरन्तर आलोचना गर्दै आएका थिए ।
बुढानीलकण्ठस्थित सभापति देउवाको निवासमा जारी बैठकमा सरकारका काम कारबाहीका विषयमा ब्रिफिङ लिने गरी मन्त्रीहरूलाई पनि बैठकमा बोलाइएको एक पदाधिकारी जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले केही नियुक्ति, सरुवा- बढुवाका विषयलाई लिएर अनावश्यक प्रचार भएको भन्दै सत्तारुढ नेताहरूसँग असन्तोष जनाएका थिए। यद्यपि गृहमन्त्री रमेश लेखकले भने सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसका बीचमा कुनै समस्या नभएको बताएका छन् ।