आज :

राजनीतिक फरियावादमा कर्मचारीतन्त्रको दादागिरी

  • मौन प्रस्तर

समय बदलिरहन्छ । अवस्था र स्थिति बदल्नका लागि सामाजिक, राजनीतिक, आर्थिक, मनोवैज्ञानिक, सांस्कृतिक तथा वातावरणीय कुराहरूको सकरात्मक तथा नकरात्मक प्रभाव पर्ने र पार्ने गरेको छ । प्रति पल, प्रति क्षण, प्रति छिन र प्रति निमेषलाई समयले नापी रहेको छ । अवस्थाले नापी रहेको छ । स्थितिले नापी रहेको छ । यसैले पनि समयलाई व्यतित गर्न गराउनका लागि व्यक्ति, समुदाय, समाज, सन्दर्भ, परिस्थिति र परिवेश अनुसार प्रयोग र उपयोग हुन्छ र हुने गरेका इतिहासका घटना प्रतिघटनाहरूले साक्ष्य रुपको अभिलेखिकरण गरेका छन् ।

यी र यस्ता यावत् कुराहरूले महत्व राख्छन् । इतिहास बनाउँछन् । अतितको सन्दर्भ र अर्थ दिने प्रयासहरू गर्छन् । यस्ता विभिन्न प्रकारका कुराहरूले समयको, समाजको, इतिहासको, राजनीतिको, अर्थतन्त्रको र संस्कृतिको अभिलेखीकरणलाई दस्तावेजीकरण गर्ने गराउने काम गरेको हुन्छ । तब त त्यो अर्थात् ति कुराहरू समय सन्दर्भ अनुसार स्वीकृत अर्थात् अस्वीकृत हुन्छन् र हुने गरेका छन् ।

समाज आफैमा सकरात्मक र नकरात्मक रुपमा चर्चा परिचर्चाको खुला विश्वविद्यालय हो । पाठशाला हो । पुस्तक हो । क्यानभास हो । दस्तावेज हो । बृहत्तर ग्यालरी हो । ग्यालीप्रुफ हो । कलम हो । मसी हो । आइप्याड हो । आइफोन हो । मेमोरी हो । चीप्स हो । सिडीरोम हो । यसैको धरातलीय स्वरुपमा मानवीय, अमानवीय, उचनिच, तलमाथि, कालोसेतो, रातोहरियो, उज्यालोअँध्यारो, बिहानबेलुका, दिनरात, हिउँदवर्षा, घामपानी, वरपर र यताउता जस्ता शब्द सम्पदाहरूको लालित्यमय अर्थ, परिभाषा र सन्दर्भहरू लिनदिन सकिन्छ । यी र यस्ता कुराहरूलाई चलायमान गर्न गराउनका लागि समाज चाहिन्छ । समाजलाई गतिशील बनाउन शासन चाहिन्छ । शासनलाई सक्रिय बनाउन राजनीति चाहिन्छ । राजनीतिलाई विधि, थीति, रीति र स्थितिलाई बलियो बनाउन प्रतिबद्ध शासक र सत्ता चाहिन्छ । शासन, शासक र सत्तालाई क्रियाशील, निरन्तर र नियमित बनाउनका लागि लोभलालच, व्यक्तिगत स्वार्थलाई कम प्राथमिकता दिने नेतृत्व चाहिन्छ । यसैले पनि विश्वको मानव समुदायका लागि व्यक्ति, समुह, समुदाय, राष्ट्र र राष्ट्रियतालाई निरन्तर बनाउन भूगोल चाहिन्छ । भूगोलको फेरवदललाई चलाउँदा ठूला साना युद्ध भएका छन् । यसलाई चलायमान बनाउन राजनीतिका विविध वाद, सिद्धान्त र विचारधाराहरू प्रतिपादन भएका छन् । यसलाई पनि सैद्धान्तिक र व्यावहारिक दुई रुपमा प्रयोग गरिएको पाइन्छ । यो कुरालाई व्यक्तिगत, समुहगत, समुदायगत, स्वार्थगत, लाभगत र सत्तालिप्सागत रुपमा केन्द्रित हुँदा राजनीतिका विभिन्न प्रकारका विकृतिहरू मौलाएका छन् । यसबाट उत्पन्न बाछिटाहरूका रुपमा फरियावाद, चम्चावाद, अवसरवाद, चाप्चुलीवाद, अर्थवाद, धनवाद, कमीसनवाद, भ्रष्टचारवाद, पीसीवाद र सिसीवाद जस्ता वाद र महावादको जालोमा जेलिएर राजनीतिलाई भ्रष्ट, त्रस्त र क्रस्त बनाउने काम गर्ने गरिएको छ र गरिएका छन् । यी र यस्ता कुरितीहरू, कुकृतिहरू र कुसंस्कारहरूले सिंगो शासन सत्तालाई दुर्गन्धित बनाएको छ । यसबाट नेता, नेतृत्व, शासन, सत्ता, भत्ता, जत्था र कत्था जस्ता असंगत छालहरू छचल्किएर विकृत रुपमा गार्गान्तुवा, हुप्पछडी, कारंखोली, ब्याउल्या, मानेपेमे, छुँसा र टोपेढुंगा जस्ता राक्षसी प्रवृतिहरु बढ्दा अनकोन्टाको मुख बाएर विषालुयुक्त तरंग तर्काएको छ । यसबाट स्थायी सत्ताको रुपमा स्थापित राष्ट्रसेवक कर्मचारीहरूलाई सबल, सरल, सक्षम र गुणस्तरयुक्त बनाउनुको सट्टा चाटुकार, फरियाकार, अवसरवादी, लोभी, पापी, स्वार्थी, धु्रत बन्ने र बनाउने कामहरु राजनीतिको विकृत स्वार्थले गरेको छ, गरिएको छ । अझ आफ्नालाई यता अर्कालाई उता गर्ने संस्कारले अर्थतन्त्रको दोहन गर्न गराउन दुलो, प्वाल, भुँन, टोड्को, खाल्टो, खाडल, चरो र ब्याँखो बनाइएको छ, बनाउने गरिएको छ । यस्ता सूचना खोज्नेलाई बन्देज लगाइन्छ, दादागिरी गरिन्छ, घेरो हालिन्छ, धम्की दिइन्छ । भौतिक तथा भाटे कारवाही गर्ने गराउने जमात राजनीतिक फरियावादको आडमा दिन प्रति दिन बढ्दै गएको छ, बढाउँदै गएको छ । यो र यस्तो संस्कार दिन दुई गुना रात चौगुना बढ्ने बढाउने गरिन्छ । पटक पटक तर्साउने गरिन्छ, तर्साइन्छ, झस्काइन्छ, मस्काइन्छ, खस्काइन्छ र लस्काइन्छ । सूचना खोज्ने काममा राजनीतिक फरियावादका मौलाएको कर्मचारीतन्त्रको दादागिरी बढ्दै गएको छ । यो नराम्रो कुरा हो तर पनि पार्टी सम्बद्ध पेशागत संगठनको नाममा हाराकिरीको प्रयास गरिन्छ । रेशम फिरिरीको प्रयास गरिन्छ । यो र यस्तो वृत्ति र प्रवृत्तिहरू संसारमा कुनै क कुनै रुपमा चलेको छ, चलाइएको छ । अझ झन् विकासित देशभन्दा अल्पविकसित र विकासशील देशहरूमा झन धेरै यस्तो संस्कार बढाइएको छ, पढाइएको छ, पोल्टो र खटियामा चढाइएको छ । पेशागत हकहीतका लागि खोलिएका संघ संगठनहरूलाई सक्षमभन्दा असक्षम र योग्यभन्दा अयोग्य, सबलभन्दा असबल, राम्रोभन्दा अराम्रो, निकोभन्दा फुच्चो, गुणस्तरभन्दा अगुणस्तर सक्रियभन्दा निस्क्रिय, खुलाभन्दा बन्द, प्रतिस्पर्धीभन्दा सिफारिशयुक्त जनशक्ति भर्ना गर्ने गराउने संस्कार, चलन, प्रवृत्ति, अवस्था र समय देखिन्छ र देखाईएको छ यसमा राजनीतिक संरक्षणको लाहाछाप लगाउने काम गरिन्छ र त कसरी बढ्दैन दादागिरी, चाटुकारिता, चाप्लुसीपन ? योग्य जनशक्तिलाई रछ्यान र डम्पींगमा कोचिन्छ उठ्न गाह्रो हुने गरेर कमसल र चाटुकारलाई लाभको पदमा पदस्थापना गरिन्छ । नेताको नेतागिरीलाई साथ दिनका लागि विभिन्न प्रकारका जालझेल र तिगडम गर्ने गराउनलाई पहरेदारको रुपमा पठाइन्छ र त अर्थ संकलन गर्ने बाटोमा पल्काएर अनियमितता र भष्ट्रचारको बाटोमा फसाइन्छ । स्रोतलाई दोहन गर्न सिकाएर व्यक्तिगत लाभका लागि केन्द्रिकृत गराएर राजनीतिको माँखेजालोमा जेरीस्वारी, लालमोहन, लाडु, गुड, खाँड, मिल्कीबाइट, थुत, लाउन, लाप्सी, पुवा र रसवरी खान सिकाइन्छ । निम्न तहको राष्ट्रसेवक खजाञ्जीको रुपमा भुँडी फुलाएर जुँडी खुलाएर भान्से, भणडारी, नाइके, पाइके, लाइके र माइके भएर नवसाहु र लाटो भाउ बनाउने काम गरिन्छ । यसैले पनि आआफ्नो परिवारवादलाई भात भान्सा खुवाउनका लागि फर्जी खर्च गराउन सिकाएर सहकारीको नाममा तहकारी तयार गरेर चाप्लुसी गर्न गराउन बाध्य गराएर जग्गा दलाल, विचौलिया, ब्रोकर र सौदावाज बनाइन्छ । आर्दश, नैतिकता, राष्ट्यिता, इमान्दारिता र सबलता सबै जाओस् भडखालोमा ? हाय ! मेरो राजनीतिक दस्ता, मस्ता, खस्ता, तस्ता र लस्ता ? यसैले पनि राम्रो स्रोत भएको मालदार अड्डामा पुगाएर स्रोतको दोहन गर्ने गराउने काममा प्रोत्साहन गर्ने गरिन्छ । बाध्य पारिन्छ । साँच्चै ? सबैले विश्वास गरेको स्थायी सरकारलाई निकम्मा र काम नलाग्दो बनाउने गरिन्छ । यी र यस्ता कुप्रथा, कुसंस्कार, कुचलन, कुव्यवस्थालाई नेपालको राजनीतिमा धेरै र चालु अवस्था चलेको भाषाको लालित्यलाई राजनीतिक फरियावादको मलजलमा कर्मचारीतन्त्रको दादागिरी भन्ने गरिएको छ ।

पछिल्लो समय कासले काप्रलाई थर्काउने, कर्मचारीले सञ्चारकर्मीलाई दादागिरी गर्ने, राजनीतिले नेपालको सर्वशक्तिमान जादुण्को महल मान्ने, अजराकतलाई प्रश्रय दिने, लेप्रलाई प्रशासन शाखाले झस्काउने, प्राविधिकले कार्यालय प्रमुखलाई धुर्की लगाउने कारक तत्व नै राजनीतिक स्वार्थ र शक्ति हो जय माँ काली कंकालिनी, हरहर महादेव पानी देऊ पानी देऊ, विस्नु ब्रह्मा जय जय ? यस्ता कुकृतिलाई नाँसमाँस गरोस् भन्ने पुकारा गर्नु बाहेक अरु उपाय छैन भगवानवादको भरोसा बाहेक अरु के नै गर्न गराउन सकिन्छ र ? यसैले त राजनीतिक शक्ति छ । नेताको भक्ति छ । अर्थका जक्ति छ । यी कुराहरू मोलाउनका लागि पोको बोकेर भेटी चढाउने काम गरिन्छ । कोसेली लिएर नजराना दिने गरिन्छ । उपहार लिएर ओलक पठाइन्छ । कुस्त प्रसात खाएर खुवाएर हैसियतभन्दा धेरै आर्थिक कारोवार गरेर नअर्गानिक जमानामा विकासे भाउलाई विकाउको मालदार काममा लगाउने काम गरिन्छ । भुलेर नीतिनियमलाई कुल्चेर, ओकलेर, थिचेर र मिचेर कुर्चीलाई अँगालो हाली सत्यलाई कुर्डाकर्कटमा फाल्ने काम गरिन्छ ।सीमित समयमा असीमित तरिकाले घरजग्गाको जोडजाम गर्छ । सर्वसाधारण नागरिकलाई सेवा हैन की घम्कीको भाषाले तर्साउने, झस्काउने, थर्काउने, मर्काउने र तर्काउने काम गर्छ । वरिष्ठको पालो च्यापेर कनिष्ठलाई उच्च र मालदार पदमा पदस्थापना गर्न गराउने काममा मतियार र पतियार बनाइन्छ । धन्न मेरो गणतन्त्र ? हाय मेरो लोकतन्त्र ? खै त ? नागरिकको रगत, पसिना र आन्दोलनको लगानी र स्वामित्वको पारितोषक ?

अत्यावश्यक कामले कुनै कार्यालयमा जाँदा शिष्टाचार रुपले अभिवादन गर्दै आफुलाई चाहिएको कामका गरि दिनका लागि जीउहजुरी गर्छ । राजनीतिक दवाव र कवावमा जागिर खाएका राक अर्थात् (राजनीतिक कार्यकर्ता) कर्मचारी भएपछि महादेवलाई भष्म गर्छु भन्ने भष्मासुर जस्तै डस्न, कस्न र भष्मको बाटोमा लाग्छन् । सतीदेवीको उपेक्षा गरेर महायज्ञ गराउने दक्षप्रजापतिहरूको दुस्साहस बढे जस्तो नागरिकहरूलाई डस्दै उल्टै दादागिरीको उपमा भिराउन पछि पर्दैनन् तर उत्तम खेती, मध्यम ब्यापार, हाहाकारको जागिर, निराकारको जोगीको मुल दर्शन भुलेर विरभद्र बन्दै सबै कुरा तहसनहस बनाउन लाग्छन् । च्यापु मिलाएर सुरक्षाकर्मीलाई गुहार गर्दै लालु र बाख्राको दन्तेकथा जस्तै उन्मत्त साँढे जस्तो आँखा नदेखेर सबैलाई हान्न थाल्छन् । पुरुषार्थको नाममा हिजडाको स्वभाव ओकलेर फरियावादको चुँलागनी खाएर जुँगामा ताउ, आफ्नो भाउ र नागरिकको साहु भएको स्वाँङ्ग नाक फुराउँछन् । यस्ता विभिन्न प्रकारका कुसंस्कार, कुलत, कुलंगार, कुतर्क र कुव्यवस्थाहरू मौलाएका छन् । यसैले पनि योग्य, समाजसेवी र नागरिकमैत्री कर्मचारीहरूलाई दवावमा बस्नु परेको छ । मानसिकता खस्केको छ । जगेडामा राखिएको छ । उनीहरूको, वहाँहरूको मानसिकता माथि उकास्न हामी सबै लाग्नु पर्छ ।

यो आलेखको रचनागर्भले कसैसँग आग्रह, पूर्वाग्रह र दुराग्रह नराखेर तयार पारिएको समय सान्दर्भिक अक्षरको बिस्कुन हो । यो कोही कसँसँग सम्बन्धित नभएर नेपाली राजनीतिका कतिपय राम्रा र मनन गर्न योग्य कुराहरूलाई ओझेल पार्ने गरेको कुसंस्कारहरूलाई उजागर गर्ने प्रयास हो । यस्तो अवस्था सञ्चार क्षेत्रमा, कानुनी क्षेत्रमा, व्यावसायिक क्षेत्रमा, राजनीतिक क्षेत्रमा तथा कर्मचारी क्षेत्रमा रहेका छन् । तँ, तपाई, तिमी र हामीहरू सबैले हातेमालो गरेर हटाउन सकिन्छ । जय शम्भो भोलनाथ ! यस्तो अवस्थामा आउने हो भने उम्लने छ वीरभद्रको आक्रोश र माथ गर्नेछ भष्मासुरे प्रवृत्ति । मन्थराको मनसाय, पुतनाको कुटीलता र होलीकाको संस्कारलाई नष्ट महानष्ट गर्न गराउन युग युगमा आह्वान गरिदै छ र गरिने छ हर हर महादेव पानी देऊ पानी देऊ ? जय शम्भो शिव शंकर महाइष्टाय !!!

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal