
काठमाडौँ । पार्टी सभापति रबि लामिछाने जेलमा रहेकै बेला राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छन् ।
आज बसेको केन्द्रीय समिति बैठकमा श्रेष्ठले आफ्नो राजिनामा पत्र बुझाएकी हुन् ।
कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार पार्टीमा एक व्यक्ति एक पद लागू गर्नुपर्ने भन्दै सुमनाको राजीनामा आएको हो ।
श्रेष्ठले राजिनामाबारे केन्द्रीय समितिको बिहीबारको बैठकमा छलफल हुने बताइएको छ । उनले आफू संसदीय मोर्चामा नै सक्रियताका साथ लाग्ने बताउँदै राजीनामा दिएको रास्पाका नेताहरुले बताएका छन् ।
पछिल्लोपटक सभापति रवि लामिछानेले पार्टी पुनर्संरचना गर्ने भन्दै त्यसका लागि नेताहरूलाई तयार रहन भनेका थिए । सोही बेलादेखि श्रेष्ठले आफू पदबाट राजीनामा दिन र कानुन निर्माणमा क्रियाशील हुने बताउँदै आएको बताइएको छ ।
रास्वपामा कबिन्द्र बुर्लाकोटी कार्यवाहक महामन्त्री छन् भने सुमनासँगै विपिन आचार्य सहमहामन्त्री छन् ।